बागेश्वरीका विद्यार्थी शाहीद्वारा दुवै मृगौला पिडित केसीलाई ५ हजार हस्तान्तरण



कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बहुमुखी क्याम्पसका विद्यार्थी धर्म शाहीले दुवै मृगौला पिडित टेकलाल केसीलाई ५ हजार १ सय रुपैया रकम हस्तान्तरण गरेका छन् । आइतबार बिहान दुवै मृगौला पिडित बचाऔ अभियानका संयोजक सुर्य रोकायको रोवरमा टेकलाल केसीलाई रकम हस्तान्तरण गरिएएको हो ।

दुवै मृगौला पिडितका लागि सहयोग गरिदिन सबै व्यापारी, उद्योगी, समाजसेवी, बुद्धिजिवी, संघसंस्था बिदेशमा बसेका नेपालीहरुसंग अपिल गरेका छौं, उनले भने, बर्दिया, कालिकोट, दाङ, नेपालगञ्ज, जस्ता शहरहरुमा पनि अभियान सञ्चालन गर्नेछौं ।

सहयोग गर्नका लागि ग्लोबल आइ.एम.ई.बैंक कोहलपुर शाखा बाकेको खाता नं. ८३०७०१०००४८४४ मा आर्थिक सहयोग गर्न सकिने छ । संयुक्त खाता वालाको नाम शिशिर कुमार शर्मा, एकराज शर्मा , कमला कार्कीको नाममा पनि सहयोग सकिनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७६ पुस १३ गते आइतबार