कोहलपुुरका पत्रकार शर्मामाथि सांघातिक आक्रमण



कोहलपुर : 

नेपाल पत्रकार महासंघ बाँकेका कार्यसमिति सदस्य तथा काँचुली खबर अनलाइनका कार्यकारी सम्पादक संगिन शर्मामाथि सांघातिक आक्रमण भएको छ ।

घाइते पत्रकार शर्माका अनुसार उनीमाथि नेकपा नेता समेत रहेका पुजन बिश्वकर्माको निर्देशनमा आफुमाथि आक्रमण भएको बताए ।

आईतवार बेलुका कोहलपुरमा रहेको नेता बिश्वकर्माद्वारा प्रकाशित पत्रिका युगयान दैनिकको कार्यालयमा गुन्डा बोलाई कुटपिट गर्न निर्देशन दिएपछि आफुमाथि आक्रमण भएको घाइते पत्रकार शर्माले जानकारी दिए ।

सोही घरमा अनलाइनको समेत कार्यालय रहेको रर घाइते शर्मा आफ्नो कार्यालय जाँदै गरेको अवस्थामा सामान्य विबाद हुँदा उनीमाथि आक्रमण भएको जानकारीमा आएको छ ।

कुटपीटमा संलग्न रहेको आरोप लागेको नेता विश्वकर्मासंग घटनाबारे बुझ्न सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन । साभार ः सदरलाईन

प्रकाशित मिति : २०७६ पुस ६ गते आइतबार