सद्भाव ¥याली निकालियो



कोहलपुर ।

बाँकेको कोहलपुरमा मंगलबार बिहान सद्भाव ¥याली निकालिएको छ । सडक दुर्घटनाको विषयलाई लिएर दुई दिन कोहलपुर तनावग्रस्त भएपछि शान्तिको लागि सद्भाव ¥याली निकालिएको हो । कोहलपुर नगरपालिका र कोहलपुर उद्योग बाणिज्य संघको आयोजनामा सद्भाव ¥याली निकालिएको थियो ।

दुर्घटनास्थल त्रिभुवन मावि अगाडिबाट सुरु गरिएको ¥याली कोहलपुर चौराहामा पुगेर समापन भएको हो ।

शान्ति र सद्भावका लागि निकालिएको सद्भाव ¥यालीमा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार खड्का, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीर बहादुर ओली, शसस्त्र प्रहरीका शसस्त्र प्रहरी उपरीक्षक दिपक अधिकारी, राष्ट्रिय अनुसन्धान बाँकेका अनुसन्धान उपनिर्देशक कमल भट्टराई, कोहलपुर नगरपालिका कार्यबाहक प्रमुख सन्जु कुमारी चौधरी, कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारी, शिक्षक विद्यार्थी, व्यवसायी सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।

कोण सभामा बोल्दै कार्यबाहक नगर प्रमुख चौधरीले घटना दुखत भएको बताइन् । ‘आइतबार एकदमै दुखत घटना हुन पुग्यो’ उनले भनिन्, ‘सबैको प्रयासबाट ६ बुँदे सहमति भएको छ । त्यसलाई कार्यान्वन गर्न सबैजना लाग्नुपर्छ ।’ कोहलपुर शान्त रहेको सन्देश दिन सद्भाव ¥यालीको आयोजना गरिएको कार्यबहाक नगर प्रमुख चौधरीले जानकारी दिइन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर २५ गते बुधबार