कोहलपुर :
आईतबार सडक दुर्घटनाको विषयलाई लिएर भएको आन्दोलनका घाईतेलाई कोहलपुर नगरपालिकाले तत्काल दुई लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
सोमबार बसेको नगरपालिकाको बैठक घाईतेहरुको उपचारकाक लागि दुई लाख रुपैयाँ सहयोग गर्ने भएको हो ।
कार्यबाहक प्रमुख सञ्जुकुमारी चौधरीको अध्यक्षतामा बसेको बैठकले यस्तै विरामीहरुको थप उपचारका लागि आवश्यक पर्ने रकम गृह मन्त्रालयसंग माग गर्ने निर्णय गरिएको थियो ।
यस्तै घटनासंग संलग्नलाई कारबाही गर्नको लागि छानविन समिति गठन गरी दोषि पत्ता लगाउने र उक्त घटना प्रति खेद प्रकट गरिएको छ
भने कोहलपुरको अवस्थालाई सामान्य अवस्थामा ल्याउनको लागि चौधरीको संयोजकत्वमा चार सदस्सीय सजीककरण समिति गठन गरिएको छ ।
प्रकाशित मिति : २०७६ मंसिर २३ गते सोमबार








प्रतिक्रिया दिनुहोस्