कोहलपुर ।
बाँके लगायत देशभरी १६ दिने लैङ्गगिक हिंसा विरुद्ध अभियान तिव्र पारिएको छ । गत मंसिर ९ गतेबाट सुरु गरिएको लैङ्गगिक हिंसा सम्बन्धी सचेतनामुलक अभियान कोहलपुरमा पनि तिव्र पारिएको हो । शुक्रबार १६ दिने लैङ्गगिक हिंसा विरुद्धको अभियान अन्तरर्गत कोहलपुर नगरपालिका, १४ वडा कार्यालयको सभाहलमा ७, १४ र १५ वडाका महिला र पुरुषलाई संयूक्त रुपमा लैङ्गिक हिंसा सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
कोहलपुर नगरपालिका उपप्रमुख सञ्जुकुमारी चौधरीले उद्घाटन गरेकी थिइन् । उद्घाटनको क्रममा बोल्दै चौधरीले लैङ्गगिक हिंसा आफ्नो परिवारबाट बढि हुने गरेको बताइन् । ‘पहिले महिलालाई मात्र हुन्थ्यो’ उनिले भनिन्, ‘अहिले पुरुषहरु पनि हिंसाको सिकार बन्न पुगेका छन् ।’ यसलाई न्यूनिकरण गर्नका लागि यो अभियान सञ्चालन गरेको उनको भनाई थियो । यस्तै कोहलपुर नगरपालिका बालबालिका शाखाका प्रमुख घटना शाहले महिलाहरुलाई सामाजिक असर बढि हुने गरेको बताइन् ।
‘महिलाहरुलाई शाररिक असर, मानसिक असरपर्ने गरेका छन्’ उनीले भनीन्, ‘पछिल्लो समयमा ठुलो समस्या भनेको यौनिक समस्या हो ।’ यसलाई परिवार, सामुदाय, राज्य लागेमात्र यसलाई निमूल पार्ने सक्ने उनको भनाई थियो । शाहका अनुसार ऐन, नियम, कानूनमा लैङ्गिगक हिंसामा कस्तो व्यवस्था गरेको छ भन्ने बारेमा प्रशिक्षक अभिवक्ता पुनम श्रेष्ठले गरेकी थिइन् । महिला हिंसा के कस्तो अवस्थामा हिंसा हुन्छ भन्ने बारेमा पनि प्रशिक्षण दिएको उनको भनाई थियो ।









प्रतिक्रिया दिनुहोस्