Update : बाँकेको कोहलपुर ३४६ मत खस्यो, सौहार्दपूर्ण वातावरणमा मतदान जारी



कोहलपुर । 

बाँकेको कोहलपुर नगरपालिका ६ मा जारी मतदान बिहान ९ बजेर ५० मिनेट जाँदासम्म ३४६ मत खसेको छ । उपनिर्वाचन अन्तरर्गत बिहान ७ बजेदेखि कोहलपुर ५ मा रहेको सिद्धार्थ आधारभुत विद्यालयमा मतदान भइरहेको छ ।

‘क’ मतदान केन्द्रमा पुरुष १ सय ३ र महिला ६५ जना गरी कुल १ सय ६८ मत तथा ‘ख’ मतदान केन्द्रमा पुरुष ८४ र महिला ९४ गरी १ सय १ सय ७८ खसेको मतदान स्थलमा रहेका मिसन संवाददाता शोभाकर विश्वकर्माले जानकारी दिए । वडा नम्बर ६ को वडा अध्यक्ष पदको लागि मतदान भइरहेको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले अहिले सौहार्दपूर्ण वातावरणमा मतदान जारी रहेको जानकारी दिए ।

उनले उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत पारिएको बताउँदै ढुक्क भएर मतदान गर्न मतदातालाई आह्वान गरे । कोहलपुर ६ मा २ हजार २६ जना मतदाताहरु रहेका छन् । मतदाताले अपराह्न ५ बजेसम्म मतदानस्थल पुगेर मत जायर गर्न सक्नेछन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर १४ गते शनिबार