कोहलपुरमा वेवारीसे सव फेला, हत्या गरिएको आशंका



कोहलपुर

बाँकेको कोहलपुरमा वेवारिसे सव फेला परेको छ ।  बुधबार कोहलपुर नगरपालिका ११ कृर्षि बजार नजिकै रहेको नालामा मृत अवस्थामा फेला परेको हो ।

मृतकको पहिचान नखुलेपनी उनले कृषि बजार नजिकै खुल्ला चौरमा कपडा सिलाउने काम गर्ने गरेको बताइएको छ । त्यही नजिकैको पानी जमेको खाल्डोमा उनको शवं फेला परेको हो ।

उनको कसैले हत्या गरेको हो की आफै खाल्डोमा परेका हुन भनेर अनुसन्धान भइरहेको कोहलपुर प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर ११ गते बुधबार