कोहलपुर ।
‘बिहान ३ बजे उठ्छु, तरकारी संकलन गर्छु, अनि बजारमा बेच्न हिडछु’ बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ६ शान्तिनगर की जुकमती चौधरीले भनिन् । उनको हरेक दिन यसरी नै बित्ने गरेको छ । यका बिहानै तरकारी बेच्न हिड्न थालेको मात्रै ७ वर्ष बित्यो । मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएकी छन् उनी । ‘विगत सात वर्षदेखि व्यवसायिक तरकारी खेती गर्दै आएकी छु’ उनले भनिन् । ४३ वर्षीय चौधरीको प्रमुख जिविकोपार्जनको स्रोत नै तरकारी खेती नै हो । १३ जनाको घर परिवार तरकारी व्यवसाय गर्दै पाल्दै आएको बताउँछिन् उनी ।
‘हाम्रो समुदायमा छोरीलाई पठाउने चलन थिएन’ चौधरीले भनिन्, ‘सानैमा बिहे भयो, जीवन चलाउन तरकारी व्यवसाय गरे ।’ विद्यालयको दैलो सम्म नटेकेकी उनी सामान्य हिसाबकिताब गर्न भने सक्छिन् । जम्मा १ हजार रुपैयाँबाट सुरु भएको चौधरीको व्यवसाय अहिले १५ कट्ठामा फैलिएको छ । उनी दैनिक १५ सय देखि २ हजार रुपैयाँ सम्म दैनिक कमाउँछिन् । महिनामा करिब ४५ हजार रुपैयाँ जति कमाई हुने गरेको चौधरीले बताइन् ।
घर खर्च र अन्य खर्च गरेर २५ हजार देखि ३० हजार सम्म बच्ने गरेको छ । उनलाई व्यवसाय गर्नको लागि घर परिवारको समेत राम्रै साथ छ । ‘पछिला त महिलाले पनि तरकारी व्यवसाय गर्छन् भनेर धेरैले कुरा काट्थे’ उनले आफ्नो विगत सम्झिदै भनिन्, ‘अहिले हाम्रो प्रेरणाले धेरैले तरकारी व्यवसाय सुरु गरेका छन् ।’ छोराछोरीलाई उच्च शिक्षा सम्म तरकारी व्यवसाय बाटै पठाएको उनको भनाई छ । घर खर्च चलाउन सुरु गरेको व्यवसाय अहिले जीवन चलाउने माध्यम बनेकोमा उनी निकै खुसी छिन् ।
भन्छिन्, अहिले निकै खुसी छु, सुखी जीवन बिताईरहेका छु, परिवारको समेत राम्रो साथ रहेको छ । उनी मात्रै होईन शान्तिनगर कै बैजन्ती माला (थारु)लाई पनि तरकारी रुपैयाँ मात्रै होईन सम्मानित जीवन समेत दिएको छ । आधा जीवन तरकारी बेचेरै बिताएकी माला अझै सक्रिय रुपमा तरकारी व्यवसायमा लागेकी छन् । ५५ वर्ष नाघि सकेकी थारु एउटा बारीबाट तरकारी व्यवसाय थालेको ४० वर्ष पुग्न थालेको बताईन् ।
५ हजार बाट सुरु भएको व्यवसाय ५ लाख रुपैयाँ सम्म पुगेको छ । विभिन्न सँग सस्थाबाट तालिम लिएपछि भने व्यवसाय गर्न निकै सहज भएको छ उनलाई ।‘ अहिले त अरुलाई तरकारी व्यवसाय गर्न तालिम प्रदान गरिरहेकी छु ’ मालाले भनिन्, ‘मेरै सिको गरेर धेरैले व्यवसाय थालेका छन् ।’
आफ्नो प्रेरणाले तरकारी व्यवसाय गरेको थाहा पाउदा गर्भ लाग्ने गरेको उनले सुनाईन् । चौधरी र मालाको सफलताको सुत्र भनेको मिहेनत र परिश्रम नै हो । करिब ५ कट्टा जमिनमा फैलिएको तरकारी व्यवसायमा मौसमी र बेमौसमी सिजनमा, तरकारी, टमाटर, गोभि, आलु, कुुल्फा मेथी लगायतका उत्पादन फल्ने गर्दछन् । अहिले शान्तिनगर टोलका अधिकांश महिलाहरु तरकारी व्यवसाय मै लागि रहेका छन् ।
एका बिहानै देखि उक्त गाउँका महिलाहरु तरकारी बेच्न कै लागि कहिले नेपालगञ्ज, अहिले कोहलपुर त राप्तिसोनारी सम्म समेत पुग्छन् । उता बैजनाथ गाउँपालिकाकी उपाध्यक्ष शारदा रेग्मी विश्वकर्माले गाउँपालिकाकाले नै जिविकोपार्जनको लागि कृषि क्षेत्रलाई प्राथमिकता दिएको बताईन् । उनका अनुसार महिलाहरुको शसक्तिकरण नै अहिलेको आवश्यकता हो ।
गाउँपालिकाका महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउनको लागि नीति तथा कार्यक्रम मै महिला मैत्री कार्यक्रमहरुका तर्जुमा गरिएको उनले बताईन् । सबै महिलाहरुलाई स्वरोजगारको माध्यमबाट जिविकोपार्जनको बाटोमा लाग्न गाउँपालिकाले सहयोग गदै आएको छ ।








प्रतिक्रिया दिनुहोस्