नागरिक उड्यन संस्कृति तथा पर्यटन मन्त्री योगेश भट्टराई मंसीर ७ गते नेपालगञ्ज आउने



कोहलपुर ।

बाँकेको नेपालगञ्जमा मंसीर ७ गते नागरिक उड्यन संस्कृति तथा पर्यटन मन्त्री योगेश भट्टराइ नेपालगञ्ज आउने भएका छन् । नेपालगञ्ज उद्योग वाणिज्य संघको वार्षिक साधारण शभामा प्रमुख अथीतिका रुपमा सहभागी हुन आउने जनाइएको छ ।

मन्त्री भट्टराइ उक्त कार्यक्रममा आएको बेला नेपालगञ्ज बिमान स्थलको गुरु योजनाका बारेमा ब्रिफिङ गर्ने समेत रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण बाँकेका प्रमुख प्रेम नाथ ठाकुरले जानकारी गराए ।

पर्यटन मन्त्री नेपालगँज आएकै अवसरमा समग्र बाँके जिल्लाको पर्यटनको पर्वाधार बिकासका बारेमा समेत छलफल गरिने बाँके १ का सँघिय साँसद महेश्वर गहतराज अथकले जानकारी गराएकाछन । साँसद अथकका अनुसार ७ गते बिहान ९ बजे राँझा बिमान स्थलमा बाँकेका सँघिय साँसद, प्रदेशका साँसद, स्थानिय तहका प्रमुखहरु,होटल ब्यवसायि सँघका प्रमुखहरु, प्रमुख राजनितिक दलका प्रतिनिधिहरु,उद्योग बाणिज्य सँघका प्रमुखहरु प्रशासनिक क्षेत्रका प्रमुखहरु र पत्रकारहरुको सहभागिता रहने छ ।

कार्यक्रममा बाँकेको पर्यटन क्षेत्रको बिकासका लागि के के गर्न सकिन्छ भन्ने बारेमा योजना सहित सबै खाले तयारीका बारेमा नागरिक उड्डयन प्राधिकरण बाँकेका प्रमुख सँग आजै बसी तयारी गरेको पनि साँसद अथकले जानकारी गरए ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर ३ गते मंगलबार