किसानलाई गहुँको बिउ वितरण



रावन बिश्वकर्मा, बाँसगढी ।

बर्दियाको बाँसगढी नगरपालिकाको कृषि शाखाले किसानलाई निःशुल्क उन्नत जातको गहुँको बिउ वितरण गरेको छ । शुक्रबार जैविक विविधता कृषि सहकारी संस्था वेलवा र साना किसान कृषि सहकारी संस्था लक्ष्मणाले कृषकहरुलाई १६ क्विन्टन ८० किलो गहुँको बिउ निःशुल्क वितरण गरिएको हो ।

कृषि शाखा बाँसगढीका प्रमुख लाल बहादुर खड्काका अनुसार किसानहरुलाई उन्नत विउ मार्फत जिविकोपार्जनमा सघाउ पु¥याउने उद्देश्य वितरण गरिएको हो । कृषि शाखामा गौतम र विजय नामक उन्नत जातको १७ क्विन्टन ४० किलो गहुँको बिउ ल्याईएको उनले जानकारी दिए ।

यस्तै किसानको माग अनुसार थप २५ क्विन्टन बिउ ल्याईएको कृषि शाखा प्रमुख खड्काको भनाई छ । बाँसगढी नगरपालिकाको आर्थिक बर्ष २९७६÷७७ को कार्यक्रममा १ लाख ५० हजार रहेको थियो । माग अनुसारको रकम नहुँदा समस्या रहेको बिउ उपलब्ध गराउन नसकिएको उनले बताए ।

बाँसगढी नगरपालिका वडा नम्बर ५, का वडाअध्यक्ष नरेन्द्र गिरीले किसानहरुलाई विगतका वर्षहरुमा विउ वितरण गर्दै आएको बताए ।

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक ३० गते शनिबार