कोहलपुर ।
बाँकेको कोहलपुरमा एक जना नक्कली परिक्षार्थी पक्राउ परेका छन् । बिहीबार यातायात ब्यवस्था कार्यालय कोहलपुरबाट लिईएको मोटर साईकलको ट्रायल परीक्षामा अर्काको नाममा परिक्षा दिईरहेका एक जना पक्राउ परेका हुन् ।
ईलाका प्रहरी कार्यालय कोहलपुरले बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ५ का २६ बर्षीय को राम दुलारे थारुलाई पक्राउ गरिएको हो ।
प्रहरी नायब उपरिक्षक हेम बहादुर शाहीका अनुसार थारुले बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ५ का ४९ बर्षीय जगतराम थारुको नाममा जिल्ला ट्रायल परीक्षा दिई रहेको थिए ।
दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनसन्धान भईरहेको कार्यालयले जनाएको छ । ।
प्रकाशित मिति : २०७६ कात्तिक २९ गते शुक्रबार








प्रतिक्रिया दिनुहोस्