कोहलपुरको एक घरमा विस्फोट, एक घाइते



कोहलपुर ।

बाँकेको कोहलपुरमा केहीबेर अघि ठूलो विस्फोट भएको छ । कोहलपुर नगरपालिका वडा नं. ११ गोलपार्क नजिकैको एक घरमा विस्फोट भएको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार चुडामणी शर्माको घरमा बिस्फोट भएको थियो ।

करिब ३ बजेर १० मिनेट जाँदा भएको बिस्फोटमा परी घरधनी शर्मा घाइते भएका छन् । बिस्फोट लगत्तै उनीलाई उपचारकालागि कोहलपुर मेडिकल कलेज लगिएपनि उपचार सम्भव नभएको भन्दै नेपालगञ्ज रिफर गरीएको छ । बिस्फोेटबाट घर पूर्ण रुपमा क्षतीग्रस्त भएको घटनास्थलमा रहेका प्रहरीले जनाएका छन् ।

खासमा घरमा के बिस्फोेट भएको हो भन्नेबारे केही खुल्न सकेको छैन । घटनास्थलमा रहेका प्रहरीले भने लिक भएको ग्यास घरमा भरिएर बिस्फोेट भएको हुनसक्ने
अनुमान गरेको छ ।
तर संवाददाता बिस्फोेट भएको घरमा पुग्दा किचेनमा राखिएका सिण्लीडर चुलो भने केही भएका थिएनन् । अहिले घटनास्थलमा प्रहरी पुगेर थप
अनुसन्धान अगाडि बढाइराखेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक २६ गते मंगलबार