जुम्लाका यूवाले जलाए मोदीको



जुम्ला ।

भारतीय नयाँ नक्सा बारे अहिले देशभर व्यापक विरोध भईरहेको छ । नयाँ नक्सामा नेपालका भूमि समावेश भएको भन्दै विरोध भईरहेको हो ।

यस्तै शुक्रबार जुम्लाका यूवाहरुले भारतीय नक्सा सच्याउन माग गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाईएको हो ।

जागौँ यूवा कर्णाली नेपाल जुम्लाको अगुवाईमा जुम्लाका क्रियाशिल यूवाहरुले विरोध जनाएका हुन् । सदरमुकाम खलंगामा भारतीय विस्तारबाद मुर्दाबाद,सिमा अतिक्रमण गर्न पाईदैन, सिमा अतिक्रमण बन्द गर, मिचिएको हाम्रो भूमि फिर्ता गर लगायतका नारा समेत यूवारुहले लगाएका थिए ।

जागौँ यूवा कर्णाली नेपाल जुम्लाका हरिश रोकायाले देशको सिमा रक्षाको लागि यूवाहरु एकजुट हुनुको विकल्प नरहेको बताएका छन् ।

प्रदर्शनमा विभिन्न सामाजिक सस्थामा आवद्ध यूवाहरु, प्लस तहमा अध्ययन विद्यार्थीहरुको सभागिता रहेको थियो ।

जुम्लामा महिलाको बिरोध जुलुस

भारतले एक हप्ता अघि जारी गरेको नयाँ राजनितिक नक्सा बिरुद्ध देशभर आन्दोलन भईरहेका बेला जुम्लामा महिलाहरुले बिरोध प्रदर्शन गरेका छन् । भारतीय नक्सा खारेजीको माग गर्दै नेपाल मजदुर किसान पार्टी समर्थित महिलाले प्रदर्शन गरेका हुन् ।

भारतले लिम्पियाधुरा (लिपुलेक र कालापानी) आफ्नो नक्सामा समावेश गरेको छ । नक्सा खारेजी र भारतीय विस्तारविरुद्ध विरोध जुलुस तथा सभा सभाको आयोजना गरिएको बताएका छन् ।

विरोध ¥यालीमा जिल्लाका गाउँ गाउँका महिलाहरुको सहभागिता रहेको थियो । विरोध जुलुसमा सहभागि नेमकिपा कार्यकर्ता मैयाँ नेपालीले भारतको हस्तक्षेपकारी कदमका विरुद्ध महिलाहरुको अगुवाई विरोध गरिएको बताईन् ।उनका अनुसार नेपाली भूमि जोसुकैले अतिक्रमण गरेपनि सह्य हुँदैन ।

यस्तै जुलुसमा सहभागि ५० वर्षीय जुना रावल आफ्नो देशको सिमा मिचिदाँ सबै एकजुट बताउँछिन् । ‘आम्मो देश सिमाना भारतले चेपेकाको छ ’ खस भाषामा उनले भनिन्,‘ हामी सबै एकजुट हुनु पडडे छ । ’

कोण सभामा नेमकिपा जुम्लाका अध्यक्ष शिवलाल डाँगीले भारतीय विस्तारबाद नेपालको लागि सह्य विषय नभएको बताएका छन् ।

अध्यक्ष डाँगीका अनुसार नेपाली भूमिलाई समेटेर भारतले बनाएको नक्सा तत्काल खारेज गरिनु पर्छ । राष्ट्रिय स्वाभिमान, स्वाधिनताको सवालमा सबै नेपाली एकजुट हुनुको विकल्प नरहेको उनको भनाई थियो ।

नक्सा नसच्याए थप आन्दोलनमा उत्रने जुम्लाबासीको चेतावनी छ ।नेमकिपाले भारतले आफ्नो नक्सा नसच्याए सम्म चरणबद्ध आन्दोलन गर्ने जनाएको छ ।

 

प्रकाशित मिति : २०७६ कात्तिक २२ गते शुक्रबार