कोहलपुर :
बाँकेको राप्तीसोनारी गाउँपालिकाको जिरो व्याईन्टमा मोटलसाईकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।
बिहीबार साँझ विपरित दिशाबाट आईरहेको कार र मोटरसाईकल ठोक्किदा जुम्ला जिल्ला कनकासुन्दरी गाउँपालिका ३, धापा का २८ वर्षीय पदम बहादुर शाहीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार उनलाई उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज दशविगाहामा ल्याउदा ल्याउदै मृत्यु भएको हो । डाक्टरले समेत उनलाई मृत्यु भएको घोषणा गरिसकेका छन् ।
मृतक शाही जुम्लाबाट मोटरसाईकलमा काठमाडौँ जादै थिए । यस्तै मोटरसाईकलमा सवार सोही ठाउँकी नविना शाहीको समेत घुँडामा चोट लागेको प्रहरी हवल्दार शेर बहादुर वस्नेतले बताए ।
उनका अनुसार घाईते शाहीको दशविगाहामा उपचार भईरहेको छ । उता ईलाका प्रहरी कार्यालय कोहलपुरले मोटरसाईकल सँग ठोक्किएको कार नियन्त्रणमा लिईसकेको जनाएको छ । यसको विस्तृत विवरण आउन बाँकी छ ।








प्रतिक्रिया दिनुहोस्