कोहलपुर :कर्णाली प्रदेशका विभिन्न जिल्लामा उत्पादित अर्गानिक वस्तुहरुको डिलर कोहलपुरमा पनि पाईने भएको छ ।
जुम्ला, मुगु र डोल्पा लगायतमा जिल्लामा उत्पादन हुने अर्गानिक वस्तुहरुको शाखा खोलिएको हो ।
कोहलपुरमा पहिलो पटक अर्गानिक वस्तुहरुको बजारीकरण, प्रवद्र्धन र रोजगारीको अवस्था सिर्जना गर्ने उद्देश्यले शाखा कार्यालयको औपचारिक रुपमा उद्घाटन गरियो .
उक्त अवसरमा कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले कर्णालीको अर्गानिक उत्पादनमा सस्थागत रुपमा कोहलपुरमा आउनु खुसीको कुरा भएको बताए ।
उनका अनुसार बढ्दो परनिर्भरता, विषादीयुक्त खानेकुरा र बजारमा पाईने जंगफुटका कारण मानिस स्वस्थ बन्न सकिरहेका छैनन् । ‘स्वस्थ रहन अर्गानिक ब्राण्ड आवश्यक छ’उनले भने,‘बाटोघाटोमा पाईने धुँलो धुँवा युक्त खानेकुरा भन्दा अर्गानिक वस्तु निकै स्वस्थकर हुन्छ ।’
प्रमुख रावतले सबैलाई आगामी दिनमा अर्गानिक वस्तुहरुको प्रयोग गर्न समेत उनले सबैलाई आग्रह गरे । राम्रा वस्तुको बजारीकरणको लागि लगनशिलता र मिहेनत आवश्यक रहेकोमा उनको भनाई छ ।
रोयल जुम्ला कोशेली अर्गानिक घरका संचालक ऋतिक रोशन बुढाले अर्गानिक जिल्ला जुम्लामा उत्पादित वस्तुहरुको बजारीकरणको लागि कोहलपुरमा शाखा कार्यालय स्थापना गरिएको बताए ।
उनका अनुसार देशभरका मुख्य सहरहरुमा कर्णालीको उत्पादन पुयाउने उद्देश्य छ । शाखामा ३८ वटा अर्गानिक ब्राण्ड पाईनेछ ।












प्रतिक्रिया दिनुहोस्