टेण्डर बिथोल्न हतियारसहित जम्मा भएपछि सभापति शाहलाई पक्राउ गरेका हौंः बाँके प्रहरी



नेपालगञ्ज ।
जिल्ला प्रहरी कार्यालय बाँकेले तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दिपजङ्ग शाहसहितको समूहलाई खानेपानी कार्यालय नेपालगञ्जको टेण्टर बिथोल्न हतियारसहित समूहमा घुमिरहेको सूचनाको आधारमा पक्राउ परेको जनाएको छ ।

तरुण दलको जिल्ला र केन्द्रीय नेतृत्वले शाहलाई प्रहरीले फसाएको दावी गरेपछि प्रहरीले पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेमा आइतबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले सन्दिपसहित ६ जनाको समूह टेण्डर बिथोल्ने योजनाका साथ नेपालगञ्जको नमस्ते कटेजमा बसिरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक हेम शाहीको कमाण्डमा टोली परिचालन गरिएको जानकारी दिनुभयो ।

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक १७ गते आइतबार