केशव निमेषका गजल



– केशव निमेष

बाँचुन्जेल सानसँग जिन्दगी बिताईन्छ ।
बा आमा र जहानसँग जिन्दगी बिताईन्छ।

यो सँसार किन यति सुन्दर लाग्छ मलाई
जब यि सन्तानसँग जिन्दगी बिताईन्छ ।

बाँधिनु छैन मलाई पक्कि पर्खालहरु भित्र
झुपडिकै भगवानसँग जिन्दगी बिताईन्छ ।

माटोले चिनेको छ यी रुखहरुले बिर्सेनन
खेत अनि खलियानसँग जिन्दगी बिताईन्छ ।

आफनो घरको त आगोले पनि पोल्देैन
यहि आँगन मैदानसँग जिन्दगी बिताईन्छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक १६ गते शनिबार