देउसी भैलोको रकम सामाजिक काममा



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका १४ वर्ष मुनीका बालकालिकाहरुले देउसी भैलो खेलेको केही रकम नीलसागर असहाय केन्द्रमा बुझाएका छन् । शुक्रबार एक औपचारीक कार्यक्रम गर्दै तिहारमा देउसी भैलोबाट उठेको १५ सय रुपैया कोहलपुर ५ मा रहेको नीलसागर असहाय केन्द्रलाई बुझाएका हुन् ।

कोहलपुर नगरपालिका ११ की फुलबारी नगरटोलकी १४ वर्षिय बालिका कविता पोखरेलले देउसी भैलो खेलेको केही रकमले सामाजिक कार्यमा लगानी लगाएको बताइन् । भोज भतेर मनोरञ्जन एवं फजुल खर्च गरि समय र पैसाको बरवादी गर्ने कार्य पछिल्लो समयमा समाज फेशनकै रुपमा चलेको छ उनले भीनन् यस्ता कार्यलाई न्यूनिकरण गर्ने र सामाजिक कार्यमा उत्प्रेरित गर्नका लागि उदारणका लागि कार्य गरेका
हौं । देउसी भैलो खेलेको केही रकम सामाजिक कार्यमा लगाउनुपर्नेमा समेत उनको भनाई थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक १६ गते शनिबार