कोहलपुर ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका विपि चोकस्थित मयंक पेट्रोल पम्प नजिकैको फर्निचरमा भएको आगलागी नियन्त्रण बाहिर गएको छ ।
सुर्खेतरोड गुरुद्वारा अगाडी रहेका फर्निचर पसल तथा सँगै रहेका गोदाममा आगलागी नियन्त्रण गर्नको लागि ६ वटा दमकल प्रयोग गरिएको छ ।
आगलागी नियन्त्रणको लागि बाँके र बर्दिया जिल्लामा भएका दमकल घटना स्थलमा झिकाईएको बताईएको छ । बिहीबार बेलुका लागेको आगलागि अझै नियन्त्रणमा आइसकेको छैन ।
स्थानीय, प्रहरी तथा दमकलको सहायताले आगलागि नियन्त्रण जारी भएको छ । बिहीबार बेलुका पौने ६ बजे आगलागी भएका थियो । आगालागीका कारण फर्निचरमा भएका धेरै सामग्री जलेर नष्ट भएको छ ।
आगलागी नियन्त्रणको लागि सुरक्षा निकाय र स्थानीयले प्रयास जारी राखेका छन् ।
प्रकाशित मिति : २०७६ कात्तिक ७ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्