नेपालगञ्ज ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले ७ वटा नगर बस सञ्चालनमा ल्याएको छ ।परीक्षणका रुपमा केही दिनअघिबाट सडकमा गुड्न थालेका नगर बसेको शनिबारबाट औपचारीक रुपमा सञ्चालन गरिएको हो ।
नगर बस सेवाको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरेका थिए । उपमहानगरले गाउँ नगर साझेदारी कार्यक्रम अन्तर्गत गरिबी निवारण कार्यक्रमलाई सफल बनाउन ७ वटा सुविधायुक्त सवारी सञ्चालनमा ल्याएको हो ।
बसबाट भएको आम्दानी सबै गरिबी निवारण कार्यक्रममा खर्चिने उपमहानगरले जनाएको छ । चालक र सहचालकलाई सरकारले तोकेको बमोजिम सुविधा उपमहानगरले दिनेछ ।
पहिलो चरणमा ६ वटा बसहरु कोहलपुर जमुनाहा सडक खण्डमा चल्नेछन् । उक्त नगर बसमा चालक पुरुष र सहचालक महिलालाई राखिएको उपमहानगरले जनाएको छ ।
बिस्तारै नेपालगञ्ज, कोहलपुरको सँगै गाईघाट, बेतनी, मिलनचोक लगायतका रूटमा बस चल्ने बताइएको छ । विद्यार्थी, अपांग, जेष्ठ नागरिकलाई नेपाल सरकारले तोकेबमोजिम सहुलियत दिइने महानगरले जनाएको
छ ।









प्रतिक्रिया दिनुहोस्