काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का एक सांसदले प्रतिनिधिसभामा गरेको एक सम्बोधनका कारण संसद पुनः अवरुद्ध हुन पुगेको छ ।
बाँके क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित सांसद नन्दलाल रोकायले बाँकेको सीतापुरमा घटेको घटनाबारे गरेको टिप्पणीमाथि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति जनाउँदै बेल घेराउ गर्नका साथै नाराबाजी गरेपछि आजदेखि सुचारु भएको संसद बैठक पुनः असोज १ गतेसम्मको लागि स्थगित भएको हो ।
बाँकेको सीतापुरमा नेकपाको कार्यकर्ताको आक्रमणबाट नेपाली काँग्रेसका जिल्ला सभापति किरण कोइरालाको हात भाँचिनुका साथै अन्य केही घाइते भएको भन्दै काँग्रेसले संसद अवरुद्ध पार्दै आएको थियो ।
बाँकेको सीतापुरस्थित रेडक्रसको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएका सभापति कोइराला लगायतका काँग्रेसकार्यकर्तामाथि नेकपाका कार्यकर्ताको समूहले मञ्चमै पुगेर आक्रमण गरेको काँग्रेसले जनाएको छ ।
के भनेका थिए नन्द लाल रोकायले
उनको भनाइ जस्ताको तस्तै
सीतापुर घटनाको बारे धेरै चर्चा भएको छ । त्यो मेरै क्षेत्र पर्छ । त्यहाँ वास्तविक कुरा एउटा हुन्छ, यहाँ धेरै बबाल हुन्छ । भुवनसिंह थापा भन्ने मान्छे एक नम्बर वडाका नेपाली काँग्रेसका कार्यकर्ता, अस्लाम भाट भन्ने मान्छे वडा नम्बर ७ को नेपाली काँग्रेसकै कार्यकर्ता ।
अस्लाम भाटले के काम गरेको रहेछ भने भुवनसिंह थापाको फेसबुकबाट आफूले हालिदिएर बवण्डर मच्चाएको थाहा पाएपछि तैले कि यसो गरिस् भनेर प्रहरी चौकीमा उजुरी पनि दिएको रहेछ ।
त्यो उजुरी दिइसकेपछि त्यही भुवनसिंह थापाको पक्षमा लागेर पहिले चार जना केटा आएका छन् । पहिले चारजना केटा भित्र पसे । पछि एक जना बाहिर निस्केर तीन जना त्यहाँ पसेका छन् ।
कसैले पनि त्यहाँ हातपात गरेको छैन । हात भाँचिदिने तर कुरा पनि भएको छैन । करिब डेढ दुई सयको जमघटमा तीन जना केटाकेटीले हातपात गर्न सक्दैनन् । त्यहाँ कुनै पनि केही घटना घटेको छैन, त्यहाँ कसैले कसैलाई छोएकै छैन ।
त्यस्तो अवस्था पनि आज नेपाली काँग्रेस, एउटा जिम्मेवार पार्टी हो, अलिकता सोचेर जानुपर्थ्यो । त्यसै आक्षेप लगाएर ।
सभामुख ः आफ्नो धारणा टुङ्ग्यानुहोस् माननीय सदस्य काँग्रेसको उठेर विरोध
रोकाय ः त्यो सुन्ने धैर्य राख्नुपर्छ । तीनजनाले केटाले गल्ती गर्यो । पार्टीले तिनीहरु त्यहाँ जानुहुँदैन भनेर पनि रियलाइज गरेको छ । विज्ञप्ति पनि निकाली सकेको छ । त्यो भन्दा बढी भएको छैन । त्यहाँ पुगेको पुलिस इन्सपेक्टरलाई पनि सोधेको छु । नेपाली काँग्रेसको स्थानीय सभापतिलाई पनि सोधेको छु ।
पुलिस इन्सपेक्टरले के भनेको छ भने, धक्कामुक्की केही नभएको । स्कर्टिङ गरेर पार्टी कार्यालय पुर्याएको छ । पार्टी कार्यालयसम्म पुर्याउँदा प्रहरीले ‘सभापतिज्यू तपाईंलाई केही भयो कि भएन रु’ भनेर भन्दा ‘छैन बाबु, मलाई ठीक छ तपाईं जानुहोस् धन्यवाद’ भनेर भनिएको छ ।
त्यही भएर त्यहाँ जाने तीन जना हुन् । हामीले त्यहाँ गएर गल्ती गरे भनेका छौँ ।
त्यहाँको वडा अध्यक्ष एकदमै बेकसुर छ । वडा अध्यक्षलाई मुद्दा लगाउने कुरा भन्ने कुरा हामी कदापि सहन सक्दैनौँ । यदी नेपाली काँग्रेसले आन्दोलन नै गर्छ भने हामी पनि आन्दोलन गर्छौं । आन्दोलन किन नगर्ने रु हामी सत्यकुरा मात्र स्वीकार्छौं, असत्य कुरा कुनै हालतमा पनि स्वीकार्दैनौँ ।
मेरो माग छ समितिले छानविन गरोस् र दोषीमाथि कारवाही गरोस् । समिति गठन नगरी त्यहाँ कारवाही हुनसक्दैन । समिति गठन गरेर छानविन हुनुपर्छ । छानविन गरेपछि को–को कारवाहीमा पर्छ, दोषी को ठहर्छ, त्यो काम गर्नुपर्छ ।









प्रतिक्रिया दिनुहोस्