नेपालगञ्ज ।
सत्तारुढ नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) बाँकेले व्यक्तिगत घटनालाई राजनीतिकरण नगर्न आग्रह गरेको छ । बाँकेको सीतापुरमा काँग्रेसको राष्ट्रिय जागरण अभियानको सन्दर्भमा भएको घटनाप्रति नेकपा बाँकेले दुःख व्यक्त गर्दै नेपाली काँग्रेस बाँकेलाई व्यक्तिगत घटनालाई राजनीतिकरण नगर्न आग्रह गरेको हो ।
नेकपा बाँकेले शुक्रबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष इन्द्रप्रसाद खरेल ‘आइपी’ले व्यक्तिगत घटनालाई राजनीतिकरण गर्दै नेकपा पार्टी र कार्यकर्ता विरुद्ध लगाइएको गम्भिर आरोपप्रती असहमती जनाए । काँग्रेस लगायत कुनैपनि पार्टी र कार्यकर्ताप्रति असहयोग गर्ने पार्टीको नीति नभएको भन्दै नेकपाले सहकार्यको मुल्य र मान्यतालाई मध्यनजर गर्दै विषयको गम्भिरर्यतालाई आत्मसाथ गर्न उनले आग्रह गरेका थिए ।
‘भिडिओ खिच्ने, प्रहरीमा उजुरी गर्ने काँग्रेसकै कार्यकर्ता हुन्, पत्रकार अध्यक्ष खरेलले भने, ‘प्रहरीले खोजीरहेका असलम भाटलाई प्रहरीलाई बुझाउन गएका पार्टीका समर्थकलाई ज्यान मार्ने उद्योगमा मुद्धा चलाउन दबाब दिनु अतिरञ्जित गर्नु हो ।’ घटना काँग्रेस लक्षित नभएको भन्दै उनले काँग्रेसको कार्यक्रममा जानु समर्थकहरुको गल्ती भएको स्वीकार गरे । नेकपा बाँकेका सचिव अशोक कोइरालाले पार्टीको नाम जोड्ने हो भने पार्टी अध्यक्ष खरेल र आफ्नो नाममा पनि मुद्धा दर्ता गर्न चेतावनी दिए ।









प्रतिक्रिया दिनुहोस्