कोहलपुर ।
बाँके क्षेत्र नं. १ का संघिय सांसद महेश्वर गहतराज अथकले संघिय मामिला मन्त्रालयबाट तराइ मधेस समृद्धि कार्यक्रम अन्र्तगत आफ्नो निर्वाचन क्षेत्रमा २ करोड ६५ लाख बराबरको बजेट पार्न सफल भएका छन् । उनले आफ्नो निर्वाचन क्षेत्रमा दर्जन बढी योजना माग गरेपनि बजेट अभावका कारण यस वर्ष ६ वटा योजना पार्न सफल भएका हुन् । जस अन्र्तगत कोहलपुर नगरपालोका वडा नं २ मा बाल अस्पताल निर्माणका लागि रु ५० लाख , अल्पसँख्यक तथा लोपोन्मुख समुदायको लागि सामुहिक आवास निर्माणका लागि ७५ लाख बजेट बिनियोजन गरिएको छ ।
यसैगरी नरैनापुर गाउपालिका वडा नं ६ गंगापुर अपाङ्ग सामुदायिक भवन निर्माणका लागि ३५ लाख र नरैनापुरकै वडा नं १ मा बिपत्त सेल्टर भवन निर्माणका लागि २५ लाख बजेट बिनियोजन गरिएको छ । यसैगरी क्षेत्र नं १ अन्र्तगत राप्तिसोनारी गाउपालिका वडा नं ७ मा मदरसा मुस्ताकुल उलुम भवन निर्माणका लागि ३० लाख र राप्तीसोनारी–३ स्थित सरस्वती मा वि भवन निर्माणका लागि ५० लाख बजेट बिनियोजन गरिएको छ । यस कार्यक्रम अन्र्तगत केही योजनाहरु गत वर्षकैलाई क्रमागत रुपमा निरन्तरता दिएको र केही योजना नयाँ रहेको साँसद अथकले जानकारी गराए ।










प्रतिक्रिया दिनुहोस्