18 May 2024  |   आइतवार, जेष्ठ ६, २०८१

सानिमा बैंक हिमाली शाखाद्वारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, भदौ ८, २०७६  

बाजुरा । 

बाजुरा जिल्लामा रहेको सानिमा बैंक लि. हिमाली शाखाद्वारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार हिमाली गा.पा. अन्तर्गत वडा नं ६ धिममा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । भौगोलिक हिसाबले यो शाखा बाजृ्राको साथै हुम्ला र मुगुको संगमस्थल धुलाचौरमा अवस्थित रहेका कारणले शाखाबाट बाजृ्राका बासिन्दा मात्र नभई नजिकका छिमेकी जिल्ला मुगु तथा हुम्लाका जनताहरु समेत लाभान्वित भएको कुरा सो कार्यक्रममा शाखाका शाखा प्रबन्धक श्री मछिन्द्र कुमार भण्डारीले बताए ।

सानिमा बैंकका देशभरी छरिएर रहेका ७९ शाखा संजाल तथा ७२ एटिएम बुथबाट ग्राहकले अन्तरशाखा कारोबार गर्न पाउने बताउदै एटिएम,मोबाइल बैंङ्किग ,इन्टरनेट बैंङ्किग ,किलियरिङ्ग, रेमिटेन्स, आई.पि.एस., सि आस्वाका साथै हरेक उमेर समुहलाई लक्ष्ँित गरी बनाईएका बचत खाता र आकर्षक व्याजदरको मुद्वती खाताका साथै संसारको जुनसुकै कुनाबाट रेमिटेन्स् गरी पठाएको रकम सरल र सहज रुपमा भुक्तानी पाउनुका साथै बैंकको आन्तरीक रेमिटेन्स् ,सानिमा एस्प्रेस मार्फत पठाइएको रकम देशको जुनसुकै कुनामा पनी प्राप्त गर्न सकिने कुरा गत मंगलबार सो शाखाद्वारा आयोजित वित्तिय साक्षरता कार्यक्रममा बैंकका प्रबन्धक भण्डारीले जानकारी दिए ।

कार्यक्रममा सानिमा बैंक हिमाली शाखाद्वारा यस क्षेत्रका दुईजना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । हिमाली गा.पा.६ , धिमका ८३ वर्षीय धिउरे बुढा र ८७ वर्षीय वाटु रावत लाई हिमाली गा.पा. की उपाध्यक्ष श्री चन्द्रा देवी बुढा र प्रमुख कार्यकारी अधिकृत श्री जनक बहादुर शाहीले दोसल्ला ओढाएर सम्मान गरे ।


सो कार्यक्रममा हिमाली गा.पा. की उपाध्यक्ष श्री चन्द्रा देवी बुढा ,प्रमुख कार्यकारी अधिकृत श्री जनक बहादुर शाही, विभिन्न वडाका वडाअध्यक्ष ,अस्थाई प्रहरी पोष्ट ,धुलाचौरका प्रमुख श्री दिलीप सिंह महरा का साथै स्थानीय उद्योगी,व्यपारी, समाजसेवी ,वुद्धिजीवी, पत्रकार लगायत करिब ३ सय भन्दा बढीको बाक्लो सहभागीता रहेको थियो ।

प्रकाशित मितिः आइतवार, भदौ ८, २०७६     4:18:01 PM  |