मन्त्री पौडेलले गरिन् चर्खे पिङ्गको उद्घाटन



कोहलपुर ।

प्रदेश नम्बर ५ की भूमि, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बाँकेको कोहलपुरमा चर्खे पिङ्गको उद्घाटन गरेकी छिन् । कोहलपुर नगरपालिका १२ मा रहेको सिर्जना सामुदायिक वन उपभोक्ता समूहले निर्माण गरेको चर्खे पिङ्गको मंगलबार एक कार्यक्रमका बिच उनले रिबन काटेर उद्घाटन गरेकी थिइन् । चर्खे पिङ्गको उद्घाटन गर्दै मन्त्री पौडेलले कोहलपुरको विकास गर्नका लागि पर्यापर्यटनको विकास अति अपरिहार्य रहेकोमा जोड दिइन् । निजी क्षेत्रले खर्च गरेर लाखौको आम्दानी गरेको बताउँदै उनले त्यहीबाट आएको करले हामी विकास निर्माणका कामहरु सम्पादन गर्ने गरेको बताइन् ।

१९ लाखको लागतमा चर्खे पिङ्ग र मिनि चिडियाखानाको निर्माण गरिएको समूहका अध्यक्ष दशरथ पराजुलीले जानकारी दिए । ‘पर्यटन र प्रवद्र्धनको बृद्धि गर्ने उद्देश्यले निर्माण गरिएको हो ।’ उनले भने, ‘बाँके लगायत बाह्य देशबाट पनि यहाँ पर्यटकहरु आउने गरेका छन् ।’ अध्यक्ष पराजुलीले कोहलपुर नगरपालिकाले चर्के पिङ्ग र मिनि चिडियाखाना निर्माण गर्नका कुनै सहयोग नगरेको भन्दै आक्रोश पोखे । ‘स्थानीय सरकारको रुपमा रहेको कोहलपुर नगरपालिकाले वेवास्था गरेपछि हामीले प्रदेश सरकारसँग अनुदान माग ग¥यौ’ उनले भने, ‘तर प्रदेश सरकारले ५ लाख मात्र दियो ।’ सिर्जना सामुदायिक वन उपभोक्ता समूहको परिसरमा प्रदेश मन्त्री पौडेल, कोहलपुर नगर उपप्रमुख सञ्जुकुमारी चौधरी, वडा नं. १२ का अध्यक्ष कृष्ण बहादुर खड्का लगायतले श्रीखण्ड प्र्रजातिका ६ वटा विरुवा रोपेका समेत थिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ ४ गते बुधबार