सामुहिक कामका जुटे युवा



अनोज थारु, बाँसगढी बर्दिया ।

बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ४ र ५ लक्ष्मणपुरका युवाहरु सामुहिक काममा जुटेका छन् । टोल सरसफाई देखि लिएर स्वरोजगारी सृर्जना गर्ने उद्वेश्यले उनीहरु सामुहिक काममा लागि परेका हुन् । बेलटारी युवा क्लवका सदस्य तथा सरसफाई ब्यवस्थापन संयोजक हरिराम थारुले युवाहरुको योजना र काम देखेर अहिले गाउँका अभिभावकहरुले पनि साथ र सहयोग गर्न थालेको बताए । यतिबेला लक्ष्मणपुर गाउँमा हरेक दिन विभिन्न बिषयमा छलफल हुने गर्दछ । ‘अन्य गाउँका सायद यसरी कमै मात्रामा गाउँभेला अथवा युवा भेला बस्छन् होला’ बेलटारी युवा क्लव लक्ष्मणपुरका अध्यक्ष भुपाल खड्काले भने, ‘हामी गाँउ समुदायको मुहार परिर्वतनको लागि प्रत्येक दिन बैठक बसेर सामुहिक छलफल गर्ने गरेका छौं ।’

लक्ष्मणपुर गाउँमा घर संख्या ९७ वटा रहेको छ । त्यहाँ महिला र पुरुषको गरेर ४ सय ५४ जनसंख्या रहेको छ । गाउँका सबैजना आफ्नो छोरा छोरीको पढाई खर्च जुटाउन र घर व्यवहार चलाउनको लागि ज्याला मजदुरी गर्न जाने गर्छन् । गाउँका अधिकांश युवाहरु भने रोजगारीको लागि खाडि मुलुक पुगेका छन् । गाउँ नै सुनसान हुन थालेपछि गाउँमै रोजगारी सृर्जना गर्नको लागि युवाहरुलाई एक जुट बनाइएको क्लवले जनाएको छ । बाँसगढी बजारको मुख्य चोकबाट करिव १ किलोमिटर सानो लक्ष्मणपुर गाउँ अहिले नगरकै नमुना उन्मुख गाउँ बन्दै जान थालेको छ । आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटकिय हिसावले यो गाउँ अगाडि बढ्दैछ । गाउँमा निर्माण गरिएका थारु हस्तकलाका आधुनिक ढकिया, डोरी अहिले स्वदेश तथा बिदेशमा समेत बिक्रि भैरहेका छन् । ढकिया र डोरी अहिले बर्दियाका विभिन्न स्थान, बाँके, पोखरा, काठमाडौं लगायतका नेपालका बजार तथा डेनमार्कसम्म पनी बिक्री भइरहेको जासु हस्तकला केन्द्रका अध्यक्ष कुमली थारुले बताइन् । बिश्वकै सबैभन्दा अग्लो ऊँ केदाश्वर धाम बाँसगढीमा नै रहेको छ ।

बेलटारी सामुदायिक वनमा हरित पिक्निक स्पोर्ट समेत रहेको छ । त्यहाँबाट पनि पर्यटकहरु भित्र्याएर आम्दानी लिन सकिने र गाउँमा होमस्टे समेत संचालनमा रहेकोले त्यसलाई व्यवस्थित गरेर आर्थिक फाईदा लिन सकिने क्लवका सदस्य राम प्रसाद थारुले बताए । लक्ष्मणपुर गाउँमा यति मात्रै नभएर थारु साँस्कृतिक नाच समेत रहेको क्लवका सदस्य तथा थारु सांस्कृतिक नाच टोलीका संयोजक प्रेमपति थारुले जानकारी दिए ।

थारु साँस्कृतिक नाचलाई मेला महोत्सव, ¥याली झाँकीमा समेत बोलाउने गरेका छन् । सिजनमा नाचबाट मात्रै करिव ४०÷५० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको क्लवका सचिव तथा सांस्कृतिक नाच टोलीका संयोजक थारुले बताए । पर्यटकहरु बाँसगढी मुख्य चोकबाट लक्ष्मणपुर गाउँमा गाडीमा २ मिनेटमा पुग्न सक्छन् । हाल भएका युवाहरु पनि गाउँमा प्रत्येकको घर, गोठ, भान्साकोठा, धारा, चर्पीहरु सरसफाई हेर्दै सुझाव सल्लाह दिने गर्दै आएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ साउन ३० गते बिहीबार