बागेश्वरी बहुमुखीमा प्रध्यापन र लेखन पेसामा संंलग्न छन्, एकराज शर्मा, २०६७ सालबाट आंशिक प्रध्यापकको रुपमा सेवा शुरु गरेका उनी अहिले सोही क्याम्पसमा प्राध्यापक छन् । विभिन्न पत्रिका, अनलाईन पत्रिकाहरुमा अनुसन्धानत्मक लेखहरु लेख्ने उनी, प्रध्यापनसँगै लेखनमा राम्रो दख्खल राख्छन् ।
‘हुने विरुवाको चिल्लो पात ’ भने सानैदेखि सहयोगी भावना भएका शर्मा विद्यार्थी वृतमा एकदमै लोकप्रिय छन् । एक दशकदेखि प्रध्यापन र लेखनमा पेसामा संलग्न शर्माको जन्म सन् २०४१ मा रुकुम जिल्लाका तत्कालीन खोलागाँउ गा.वि.स. हालको चौरजहारी नगरपालिका वडा नं १२ स्यानाखोलामा भएको हो । बुबा नन्दकुमार शर्मा आचार्य बुबार र आमा केवलादेवी शर्मा आचार्यको कान्छो सुपुत्रको रुपमा जन्म भएको थियो । रुकुम मै प्राथमिक र माध्यामिक तहको शिक्षा पुरा गरेका शर्मा उच्च शिक्षा अध्ययनको लागि बाँकेमा आएका हुन् । नेपालगन्जको बाँके शिक्षा उच्च मा.वि.बाट ११ र १२ को अध्ययन पूरा गरे । स्नातक तह बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरबाट पूरा पुरा गरेका उनले त्रिभुवन विश्वविद्याल केन्द्रित क्याम्पस किर्तिपुरबाट स्नातकोत्तर तह २०६७ को चैत्रमा पूरा गरे ।
त्यस लगत्तै २०६७ मा आफु अध्ययन गरेको क्याम्पसमा प्रध्यापन पेसको शुभारम्भ गरेका हुन् । प्राध्यापनको क्रममा पहिलो पटक स्नातक तह वि.एड. दोस्रो वर्षको पाठ्यक्रम तथा मूल्याकंन पुस्तक लेखेका उनले ८ वटा स्नातक तहमा पाठ्यक्रम लेखी सकेका छन् । २०७१ सालमा स्नातक तह तेस्रो वर्षको प्रारम्भिक बालबिकास र सिकाईको सहलेखन गरे । २०७४ सालमा चारवर्षे बिएड अन्तर्गत बि.एड. दोस्रो वर्षको शिक्षा मनोविज्ञान प्रकाशित गरेका थिए । २०७४ मै कक्षा १२ र विश्वविद्यालयको लागि अभ्यास शिक्षण निर्देशिका एवं प्रयोगात्मक पुस्तिकाको सह–लेखन गरेका छन् । बागेश्वरी बहुमुखी क्याम्पस मध्यपश्चिमान्चल विश्वविद्यालयको आंगिक क्याम्पसमा हस्तान्तरण भएपछि २०७५ सालमा म.प. विश्वविद्यालय शिक्षाशास्त्र संकाय आठौं सेमेस्टर अन्र्तगतको विएड प्रथम सेमेस्टरका अनिवार्य विषयहरु शिक्षाको समाजशास्त्रीय तथा दर्शन शास्त्रीय आधार र शिक्षामा मानव विकास पुस्तक सार्वजनिक गरेका थिए ।
२०७६ मा सोही विश्वविद्यालय अन्र्तगत विएड दोस्रो सेमेस्टरका अनिवार्य विषयहरु सिकाईका उदियमान सिद्धान्तहरु र पाठ्यक्रम मूल्याकंन पुस्तक लेखन गरी सार्वजनिक गरेका थिए । यी पुस्तक मात्र होइन उनले साहित्य तर्फ कथासंग्रह निकाल्ने जमर्को समेत गरेका छ्न । अब केही समयमा उनले केही पुस्तक लेख्ने तयारीमा रहेको बताए । हाल बाँके जिल्ला कोहलपुर नगरपालिकामा स्थाई बसोबास गरेका शर्मा लेखन व्यत्तित्व विकास मात्र नभई शिक्षा विकास चरण भएको बताउँछन । केही समयपछि कथा संग्रह निकाल्ने जमर्को भैइरहेको छ ।
लेखन कार्यबाट कुनै व्यक्तिमा निखारता आउने र आफ्नो ज्ञान, सीप , क्षमता देखाउन सकिन्छ । हामिले प्राप्त ज्ञान हाम्रो व्यावहारमा लागू गर्न सक्नु पर्छ। मानिस जन्मिएर मात्र केही हुदैन देश, जनता र समाजको लागि काम गर्नु पर्दछ । शिक्षकको काम पढ्नु र पढाउनु मात्र नभई समाजलाई डो¥याउनु नि हो । मानिसको मानसिकता खाली पैसाको मात्र छ तर मरेपछि खाली जाने गर्दछ । जिवित हुदा त त म म गर्ने र मरेपछि उसको गुणगान गाउनु बेकार हो भनी उनले भन्ने गर्द्छ्न । पुस्तक लेखन कार्य नाफा मुखी नभई सेवा मुखी र आफुलाई निखार्ता ल्याउने, खोजी गर्ने बानीको बिकास गर्ने अनुसन्धान गर्ने बानीको अभ्यास हुने कुरामा जोड छ । हाम्रा नानी बाबुहरुलाई किताब बिना कुनै ज्ञान प्राप्त नभए धारणा छ यो धारणा पूरा गराउन पनि पुस्तक लेखन आवश्यक भएको हो । २०६७ साल फागुन १७ गतेदेखि कोहलपुरको बागेश्वरी क्याम्पसमा प्राध्यापणरत छ्न् ।








प्रतिक्रिया दिनुहोस्