जानकीमा रक्तदान सम्पन्न



नेपालगन्ज ।

बा“के जिल्लाको जानकी गाउ“पालिका ५ नंं.–वडा कार्यालय बेलहरी गुरुवागाउ“को आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ । शुक्रबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ६ महिला सहित ४४ जनाले रक्तदान गरेका हुन् । जानकी गाउ“पालिका बाहेक अन्य क्षेत्रका बिरामीहरुलाई रगत चाहिएको समयमा सहज तरिकाले उपलब्ध गराउनका लागि चौथो पटक नियमित रक्तदान कार्यक्रमको आयोजना गरिएको ार्यक्रम संयोजक मनमोहन वर्माले जानकारी दिए ।

जानकी गाउ“पालिका ५ नं. वडाका वडाध्यक्ष रमेश कुमार वर्माले रगतको पाकेट प्राबिधिकलाई हस्तान्तरण गरी बिधिवत रुपमा कार्यक्रमको उद्घाटन गरेका थिए । रक्तदाताहरुलाई हौसला बढाउनका लागि खडका निर्माण सेवा चिसापानी –३ बैजनाथ गाउ“पालिका बा“केले शर्ट उपलब्ध गराएको थियो । नेपाल रेडक्रस सोसाइटी बा“के शाखाद्वारा संचालित क्षेत्रीय रक्तसंचार सेवा केन्द्रका राजेन्द्र महतरा, सुनिल पुलामी, गुञ्जा कनौजिया, बिरेन्द्र योगी, केशर सिंह डा“गी लगायतले प्राबिधिक सहयोग गरेको आयोजकले जनाएको छ ।

कार्यक्रममा जिल्ला समन्य समितिका सदस्य जुलफिकार मनिहार, वडा सचिव शिव बहादुर थापा, ईलाका प्रहरी कार्यालय खजुराखुर्दका ईन्चार्ज राजकुमार सिंह र समाजसेवी मातृका प्रसाद वर्मा , वडा सदस्य जानकी का“दू लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ साउन ११ गते शनिबार