डिल्ली शाही, कोहलपुर / कोहलपुर नगरपालिकामा रहेका कुनैपनि विद्यालय सामुदायिक विद्यालयमा प्राथमिक उपचार कक्ष छैनन् । नगरपालिकामा रहेका ३० वटा सामुदायिक विद्यालयमा कुनै विद्यालयमा उपचार कक्ष नहुँदा समस्या भएको छ । कोहलपुर नगरपालिका अन्तर्गत शैक्षिक गुणस्तर सुधार समितिको प्रतिवेदनले सामुदायिक विद्यालयमा यस्तो विकराल अवस्था रहेको देखाएको हो ।
समितिको प्रतिवेदन अनुसार कुनै पनि विद्यालयमा प्राथामिक उपचार कक्ष नभएको देखिएको छ । संविधान मै निशुल्क र अनिवार्य स्वास्थ्य सेवा पाउने उल्लेख छ । तर कोहलपुरका सरोकारवालाले संविधानको खिल्ली उडाईरहेका छन् । स्वास्थ्य जस्तो संम्बेदनशिल क्षेत्रलाई कोहलपुर नगरपालिकाले बेवास्ता गर्नु गम्भिर विषय हो । विद्यालयमा विद्यार्थी सामान्य बिरामी हुदा समेत महंगो अस्पतालमा पुयाउनु पर्ने बाध्यता रहेको विद्यालयहरुले जनाएका
छन् । उक्त तथ्यांक अनुसार कोहलपुर नगरपालिका ३० वटा विद्यालयहरुमा १२ हजार सात सय ८६ जना विद्यार्थी अध्ययनरत छन् । जसमध्ये छात्र ५ हजार ९ सय ९९ जना र छात्रा ६ हजार ७ सय ८७ जना रहेका छन् ।
कोहलपुर नगरपालिका वडा नं. १३ मा रहेका नेपाल राष्ट्रिय प्रथामिक विद्यालयमा कोहलपुर नगरपालिकाको सहयोग उपचार कक्ष संचालन गरिएको थियो । तर चार वर्ष देखी संचालनमा छैन ।लामो समय सम्म कक्ष संचालनको लागि आग्रह गर्दा समेत नगगरपालिकाले कुनै चासो नदेखाएको विद्यालयले जनाएको छ । प्राधानाध्यापक हस्त बहादुर खत्रीका अनुसार विद्यालयमा उपचार कक्ष नहुदा निकै समस्या भोग्नु परेको छ । विद्यार्थीहरुलाई सामान्य झाडापखाला, हातखुट्टामा चोटपटक लागेपनि उपचार गर्न निकै समस्या भएका उनले गुनासो गरे । सहज स्वास्थ्य सेवाको पँहुज अभावका कारण शैक्षिक गुणस्तरमा समेत असर परेको उनको भनाई छ ।‘सामुदायिक विद्यालयको गुणस्तर खस्किनुको कारण मध्य स्वास्थ्य सेवाको अभाव पनि हो‘ उनले भने,‘ विद्यालय स्वास्थ्य भएको लगानी बालुवामा पानी खन्याए जस्तै भएको छ । ’
लक्ष्मी माध्यामिक विद्यालयका प्राधानाध्याक बद्रिनाथ सापकोटा पनि विद्यालयमा प्राथमिक उपचार कक्ष नै नभएको बताउँछन् । उनका अनुसार विद्यार्थीमा मौसमी रोगहरुका कारण साताउने गरेको भएपनि सम्बन्धित पक्षको गैर जिम्मेवारीपनाका कारण अकाल मै मृत्युवरण गर्नु पर्ने अवस्था छ । अन्य विद्यालयमा झै लक्ष्मी माविमा पनि विद्याथी बेहोस हुने, टाउँको दुख्ने, पेट दुख्ने, घाउ चोटपटक जस्ता समस्या दिनहु हुने गरेका छन् ।‘उपचार कक्ष भएको भए सजिलो हुन्थ्यो’उनले भने,‘यसले गर्दा पठनपाठनमा समेत समस्या हुने गरेको छ ।’ जन ज्ञानज्योति माध्यामिक विद्यालयका प्राधानाध्यापक एकदेव पन्थीका अनुसार बालकालिका पुस्तकालयमा राख्नुपर्ने अवस्था छ ।
प्रत्येक विद्यालयमा उपचार कक्षको स्थानपना गरिने
शैक्षिक गुणस्तर सुधार समितिको प्रतिवेदनको सुझावको आधारमा प्राथमिक उपचार कक्ष संचालनमा ल्याईने नगरपालिकाले प्रतिवद्धता जनाएको छ । नगरपालिकाका विद्यालयमा उपचार कक्ष नहुनु दुःखद भएको भन्दै कक्ष स्थापनाको लागि छिट्टै पहल थालिने प्रतिवद्धता जनाईएको हो । कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले प्रतिवेदनको सुझावलाई आधारमा राखि प्रत्येक विद्यालयमा प्राथामिक उपचार कक्षको व्यवस्था गरिने बताए । उनका अनुसार कुनै पनि विद्यालयबाट उपचार कक्ष राखिनु पर्ने माग आएको छैन ।
नगरपालिकाले यस विषयमा बजेट विनियोजन नगरेको भएपनि अन्य स्रोतबाट भएपनि उपचार कक्ष स्थापना गरिने उनले बताए । सामाजिक विकास समिति तथा शैक्षिक गुणस्तर समितिका संयोजक नारायणी वलीका अनुसार प्रतिवेदनको अनुसार सरोकारवालासंग छलफल गरी प्राथामिक उपचार कक्षको सञ्चालन गर्ने तयारी छ ।









प्रतिक्रिया दिनुहोस्