घुससहित वन अधिकृत पक्राउ



सुर्खेत ।

डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख (डीएफओ) भक्तबहादुर लामा ४ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले डीएफओ लामालाई उनकै कार्यकक्षबाट घुससहित नियन्त्रणमा लिएको हो ।

काठको छुटपूर्जीको म्याद थप गराइदिने भन्दै सेवाग्राहीबाट घुस लिने क्रममा डीएफओ लामालाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका प्रबक्ता मेघनाथ सापकोटाले जानकारी दिए । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको अख्तियार सुर्खेतले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ असार २८ गते शनिबार