कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकाका सडक पेटीमा व्यापार गर्दै आएका १० जना व्यापारीलाई निःशुल्क आधुनिक ठेला वितरण गरिएको छ । बुधबार एक कार्यक्रमका बीच नगर कृषि शाखा कोहलपुरले सडक पेटीमा बेवारिसे रुपमा ब्यापार गरिरहेका ब्यापारीलाई आधुनिक ठेला वितरण गरेको हो । कोहलपुर क्षेत्रमा ब्यापार प्रर्वद्धन गर्ने कार्यक्रम अनुसार आधुनिक ठेला वितरण गरिएको कृषि शाखा प्रमुख शेर बहादुर ओलीले बताए । उनका अनुसार ७ लाख रुपैयाँमा प्रति किसान ७० हजारका दरले वितरण गरिएको हो ।
कोहलपुर नगरपालिकामा रहेका विषेशगरी दलित समुदायका व्यक्तिलाई ब्यापार प्रर्वद्धन, विकास र जिबिकोपार्जनको लागि वितरण गरिएको उनको भनाई रहेको छ । कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले राज्य दिएको लगानीको सही सदुपयोग गरी आर्थिक लाभ लिन आग्रह गरे । उनका अनुसार नगरपालिकाले दलित र विपन्नहरुको लागि स्वरोजगार बनाउने नीति लिएको बताईएको छ ।
कृषि शाखाले दिएको जानकारी अनुसार अनुदान प्राप्त गर्नेमा कोहलपुर नगरपालिका ५ की हुमादेवी परियार, वडा नम्बर ७ की जयसरा कामी, वडा नम्बर ९ की लक्ष्मी कुमारी सुनार रहेका छन् । यसैगरी कोहलपुर ४ की सितादेवी दमाई, वडा नम्बर १२ की टिका रावत र भोला कुमारी रावत रहेका छन् । भने कोहलपुर ३ का नवराज शाही, वडा नम्बर २ का चन्द्र बहादुर वली, वडा नम्बर ११ की अमृता विक र वडा नम्बर २ का गोपाल बहादुर नेपाली रहेको शाखा प्रमुख ओलीले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्