सिञ्जा ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुलर्भ अप्रेसन सफल भएको छ । कुनै बेला सिटामोल नपाएर मुत्यु बरण गर्नु पर्ने जुम्लामा निकै जटिल किसिमको अप्रेसन सफल भएको हो ।
प्रतिष्ठानका चिकित्सकको एक टोलीले जुम्ला कनकासुन्दरी गाउँपालिकाका एक बालकको अण्डाकोषको सफल अप्रेसन गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । ६ वर्षीय बालक आयुष न्यौपानको एउटा अण्डा नाईटोको तल्लो भागमा गएको थियो ।
निकै जोखिम मोलेर अण्डा अप्रसेनको माध्यम बाट यथास्थान ल्याउन सफल भएको चिकित्सक डाक्टर माडिक न्यौपाने र रमेश गौतम बताउनु भयको छ । अप्रेसन सफल भएपनि उनका आमा अनिता न्यौपाने निकै खुसी व्यक्त गर्नु भयको छ ।
थोरै खर्चमा यस्तो जटिल किसिमको अप्रेसन सफल भयो, उहाले भन्नू भयो मलाई निकै खुसी लागेको छ । मेरो मात्रै होईन अन्य गरिबका छोराछोरीको अप्रेसल सफल भएको सुनेपछि म यहाँ आएको थिए । आफुलाई अप्रेसन गर्ने भनेपनि निकै डर लागेको सुनाउदै आफ्नो छोराको ज्यान बचाई दिएकोमा धन्याबाद व्यक्त गर्नु भएको छ । प्रतिष्ठानमा अहिले स्नातक तहका कार्यक्रमहरु भईरहेका छन् ।









प्रतिक्रिया दिनुहोस्