नेथोडको अध्यक्षतामा नयाँ कार्यसमिति चयन



नेपाल घरबार उपभोक्ता मंच बाँकेको नयाँ कार्य समिति चयन गरिएको छ । शनिबार संघको प्रथम साधारण सभाबाट मोति नेथोडको अध्यक्षतामा १५ सदस्सीय समिति चयन गरिएको हो । संघको वरिष्ठ उपाध्यक्षमा तिलकसिंह कार्की, उपाध्यक्ष ईन्द्र पौडेल र महासचिवमा देवेन्द्र पौड्याल चयन भएका छन् ।

यस्तै सचिवमा प्रकाश खनाल ,कोषाध्यक्षमा लोक राज देवकोटा र सह कोषाध्यक्षमा कमला खड्का चयन भईन् । भने सदस्यहरुमा रेखीराम विक,जनक पाठक, अम्मर विक,रोपलाल परियार, मैनकला शाही, निरक शाही र ठक बहादुर थारु रहेको वरिष्ठ उपाध्यक्ष कार्कीले बताए ।

साधारण सभा कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतको प्रमुख आतिथ्यता र नेपाल घरबार उपभोक्ता मंच चितवनका हरि शर्मा पौड्यालको विषेश आथित्यतामा सम्पन्न भएको हो ।

  • No tags available
प्रकाशित मिति : २०७६ जेठ ३२ गते शनिबार