जुम्ला ।
जुम्ला र मुगु जोड्ने नाग्म –गमगढी सडकको ग्राबेल शुरु भएको छ । सडक संचालनको १० वर्षपछि कालोपत्रे गर्न शुरु गरिएको हो । सिंजा क्षेत्रका तीन स्थानीय तहको पहलमा ग्राबेल शुरु भएपनि स्थानीय भने हर्षित भएका छन् । हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकाले सडकलाई मुख्य प्राथमिकता दिएर योजना अघि बढाएका हुन् । पानी पर्दा हिलो र गर्मीयाममा धुँलाले सताउने समस्याबाट मुक्ति मिल्ने भएपछि सिंजाबासी र मुगुबासीले खुसी व्यक्त गरेका छन् ।
सिंजाका स्थानीय कालि बहादुर शाहीले सडक कालोपत्रे शुरु गएसंगै पहिलेको समस्या समाधान हुने आशा व्यक्त गरे ।‘ अहिलकोे सडक भन्दा त पहिलेको घोरेटो बाटो ठिक थियो जस्तो लाग्छ’ उनले भने, ग्राबेल हुदा समस्या समाधान हुने भयो, अब त सडक छेउछाउमा खोलिएका होटलहरुलाई राम्रो हुने भयो ।’ कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा नाग्म–गमगढी सडक हुदै पुगिन्छ । अब रारा जाने पर्यटकलाई समेत सहज हुने उनको विस्वास रहेको छ । अर्का युवा उपेन्द्र प्रसाद न्यौपानेले स्थानीय तहको सक्रियतामा सडक ग्राभेल हुनु सकारात्मक भएको प्रतिक्रिया दिए ।
२०६३ सालमा उक्त सडक संचालन आएसंगै कर्णालीबासी नुत, तेल चामलका लागि महिनौ दिन लगाएर सुर्खेत बजार धाउनुपर्ने बाध्यताबाट मुक्ति पाएका थिए । उक्त सडक संञ्जाल विस्तार भएसंगै कर्णालीको जुम्ला र कालिकोटका नागरिक सुविधा पाए । तर मुगु तथा सिंजा बासीको भने अबस्था भने उस्तै थियो ।
अर्का स्थानीय हर्ष शाहिले भने, नाग्म गमगडी सडकमा ग्राबेल नै उत्तम उपाय थियो, आवतजावत सहजतका लागि, पानीले कालोपत्रे उक्किने, नटिक्ने भएकोले ग्राबेल गर्दा, पानी तल छिर्ने, गाडी गुड्न तथा मानिस आवत जावतमा निकै सहज हुने भन्दै सडक ग्राबेलको लागि वर्षौदेखि सिंजाबासी माग गर्दै आएका थिए ।
दैनिक नाग्म –गमगढी हुदै रारा जाने पर्यटक आउने गर्दछन् । स्थानीय सरकारले गरेको उक्त सडक निर्माण कार्यप्रति स्थानीय निकै खुसी रहेको बताउछन् ।









प्रतिक्रिया दिनुहोस्