कोहलपुर ।
यातायात व्यवस्था विभागले दर्ता नगरी चलाएमा विद्युतीय स्कुटरहरुलाई कारबाही गर्न ट्राफिक प्रहरी निर्देशनालयलाई पत्राचार गरेको छ । यसअघि विद्युतीय स्कुटर दर्ता गराएर चलाउनुपर्ने नियम थिएन । विभागले १५ दिनभित्र स्कुटर दर्ता गर्ने समयसीमा दिएको छ ।
ट्राफिक प्रहरी निर्देशनालयका एसएसपी बसन्त पन्तले विभागमा विद्युतीय स्कुटर दर्ता गरेपछि अन्य सवारीलाई विल बुक दिने र नम्बर पनि प्रदान गर्ने बताए । उनले विभागले दिएको समयसिमा सकिएपछि मोटरसाइकल र अन्य सवारीजस्तै ट्राफिकले विद्युतीय स्कुटरको पनि कागजपत्र चेक गर्ने बताए । उनले भने, ’समयमै दर्ता गरेर कागजपत्र लिन हामीले प्रचारप्रसार गर्दैछौं ।’
प्रकाशित मिति : २०७६ जेठ २४ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्