कोहलपुर ।
बाँके कोहलपुर क्षेत्रको वातावरणीय मुल्याङ्कन तथा स्वच्छता कायम राख्न यहाँका विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । विश्व वातावरण दिवसको अवसरमा कोहलपुर नगरपालिकाको आयोजना तथा कोहलपुर बैंकर्स क्लवको समन्वयमा आयोजित कार्यक्रममा उनीहरुले कोहलपुर एनटिभी चौकदेखि हाईस्कुल सम्मको ग्रिनबेल्टमा रेलिङ्बार निर्माणका लागि करिब ५ लाख बराबरको रकम सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।
उक्त रकमको चेक कोहलपुर नगरपालिका वडा नं.११ का अध्यक्ष कर्ण बहादुर थापालाई बैंकका प्रतिनिधिहरुले बुधबार हस्तान्तरण गरेका छन् । जसअन्तर्गत जनता बैंकले ८९ हजार एक सय, सिद्धार्थ बैकले ४२ हजार, लक्ष्मी बैंकले ३५ हजार, ग्लोबल बैंकले २५ हजार, कुमारी बैंकले २५ हजार, एन.एम.बी.बैंकले ३५ हजार, नविल बैंकले २० हजार रकम सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । यस्तै माछापुच्छ्रे बैंकले २५ हजार, एभरेष्ट बैंकले ३० हजार, सनराइज बैंकले २५ हजार, महालक्ष्मी बैंकले ३६ हजार, ज्योति विकास बैंकले १८ हजार, मेघा बैंकले २५ हजार, कैलाश बैंकले १५ हजार, सांग्रिला विकास बैंक १५ हजार, देव विकास बैंक र एन.आई.सी.एशिया बैबैकले पनि सहयोग रकम उपलब्ध गराउने प्रतिवद्धता गरेका छन् ।
कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं.११ का वडा अध्यक्ष थापाले सफा, स्वच्छ र हरियाली नगर बनाउन सबैसँग सहकार्य गरिने बताए । कोहलपुरलाई नमुना शहरका रुपमा विकास गर्ने योजना भएकाले कसैको एक्लो प्रयासले मात्र सम्भव नहुने हुँदा सबैको सहकार्य आवश्यक रहेकोमा उनले जोड दिए । कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारीले कोहलपुरको विकासका लागि स्थानीय सरकारले यस क्षेत्रका बैंक तथा वित्तिय संस्थाहरुसँग सकार्य गरेर अघि बढ्न आवश्यक रहेको बताए । निजी क्षेत्र विना एक्लो सरकारी प्रयासले मात्र समृद्ध सम्भव नरेको दावी गरे । सोही अवसरमा वृक्षारोपन समेत गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्