सम्पादकीय
विकट भौगोलिक संरचना र जटिल भूगर्वका कारण नेपाल भूकम्पीय जोखिम भएका विश्वका प्रमुख देशमा पर्छ । नेपालको ८३ प्रतिशत भागमा फैलिएको हिमाली र पहाडी भागको चट्टानको उमेर करिब पाँच करोड वर्ष मात्र भएकाले विश्वको सबैभन्दा कान्छो चट्टानी पहाड नेपालकै भएको मानिन्छ । भूकम्पीय जोखिमका दृष्टिले नेपाल विश्वमा ११औँ स्थानमा रहेको छ तर भूकम्पीय जोखिमको एक नम्बरमा रहेको जापानभन्दा जोखिम व्यवस्थानका दृष्टिले अत्यन्त पछाडि रहेकाले नेपाल सबैभन्दा उच्च जोखिम भएको देश हो । भौगोलिक बनोटको आधारमा संरचना निर्माणका लागि भू–उपयोग नीति नभएको र जुन स्थानमा घर निर्माण गर्न सजिलो लाग्छ त्यही घर निर्माण गरेर बसोबास गर्ने परम्परागत विचार यहाँ अद्यपि छँदैछ । घर निर्माणमा प्रयोगमा ल्याइने निर्माण सामग्रीमा ढुङ्गा, माटो, काठ, बाँस आदि नै प्रमुख छन् ।
नेपालको पहाडी क्षेत्रमा सिमेन्टको प्रयोग हुन थालेको धेरै समय भएको छैन । अझै सबै पहाडी तथा हिमाली क्षेत्रमा सिमेन्ट र फलामे छड पुगेको वा तिनको प्रयोगले प्राथमिकता पाएको देखिँदैन,नेपालको इतिहासमा विक्रम संवत्को १३ औँ शताब्दी अघिका भूकम्पको इतिहास उल्लेख भएको पाइँदैन तर त्यसपछिका विभिन्न समयमा नेपालमा, विशेषगरी पहाडी र हिमाली क्षेत्रमा भूकम्पले जनधनको क्षति पुगेको इतिहास छ । सामान्यतया मानिस, घर, कार्यालय भवन, सडक, पुल, तथा खेतवारी, घरपालुवा पशु, पक्षी र जीवनयापनका स्रोतमा क्षति पु¥याउने प्राकृतिक वा गैह्र प्राकृतिक घटनालाई विपद् भनिन्छ । घटनाको किसिम, भौगोलिक अवस्था, विकासको स्तर, मानिसको चेतनास्तर, आर्थिक तथा सामाजिक अवस्थाजस्ता कारणबाट क्षतिको परिमाणमा भिन्नता ल्याउने वा हुने सम्भावना रहन्छ । फरक स्थानमा हुने एकै प्रकारका प्रकोपका घटना कतै प्रलयकारी बन्छन् भने कतै सामान्य हुन्छन् । तसर्थ सबै प्रकारका प्र्रकोप विपद् हुँदैनन् । जब समुदायले सामना गर्न नसक्ने स्तरका प्रकोप समुदायमा आइपर्छन् अनि मात्र विपद् भन्न मिल्छ ।
२०७२ सालको भुकम्प पछि नेपालमा अहिले सम्म ५० हजार भुकम्पका परा कम्पन गईसकेका छन् । भने ४ हेक्टर स्केलका भुकम्पको धक्का ४७ हजार पटक गरिएको छ । वैज्ञानिकले अव नेपालमा ठुलो भुकम्पको केन्द्र पश्चिम क्षेत्र भएको दाबि पनि गर्दै आएका छन् । बाढी, पहिरो, आगलागी, चट्याङ, भूकम्प, हुरी बतास, खडेरी, शीतलहर, हिमताल विस्फोट, महामारी, दुर्घटना आदि प्रकोप हुन् । विपद् अवश्यम्भावी छ, यसलाई रोकन सकिँदैन तर यसको प्रभाव कम गर्न सकिन्छ । कुनै पनि विपद् आइलाग्नुपूर्व प्रकोपका सम्भावित पक्षकोे लेखाजोखा गरेर विपद्को सामना गर्न क्षमता वृद्धि गर्नुपर्ने हुन्छ । जनचेतना अभिवृद्धि, विगतका अनुभवका आधारमा स्थानीय ज्ञान, सीप र स्रोतको उपयोगबाट समुदायको सहभागितामा तयारी गर्नुपर्छ ।









प्रतिक्रिया दिनुहोस्