गर्मी र ‘लू’ का कारण जनजीवन प्रभावित



नेपालगन्ज ।

प्रचण्ड गर्मी र तातो हावा (लू) ले बाँकेको जनजीवन प्रभावित भएको छ । मौसम विभागका अनुसार, बाँकेको तापक्रम एक सातादेखि ४१ देखि ४२ डिग्री सेल्सियसको आसपास रहेको छ । अत्यधिक तापक्रमका कारण जिल्लावासी अत्यन्त आवश्यक कामबाहेक दिउँसोको समयमा घरबाट बाहिर निस्कदैनन । असह्य गर्मी तथा तातो हावाका कारण ग्रामीण क्षेत्रका विद्यालयको पठनपाठनसमेत प्रभावित भएको छ भने सञ्चालनमा रहेका अधिकांश शिक्षण संस्थाको अध्यापन विहानको समयमा हुने गरेको छ ।Image result for गर्मी

अत्यधिक तापक्रमका कारण पानीको सतह सुक्दै गएपछि खानेपानी संस्थानले वितरण गर्ने खानेपानीको आपूर्ति समय घटाएको छ । विद्युत आपूर्तिसमेत नियमित हुन नसक्दा नागरिकलाई गर्मीले थप कष्ट पु¥याएको छ । ‘सकेसम्म विद्युत आपूर्ति नियमित गर्ने प्रयास गरेका छौँ, तर गर्मीको प्रभाव विद्युतीय उपकरणमा समेत पर्ने भएकाले बिग्रिरहने कारणले आपूर्ति हुने गरेको छ’, नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख रामदुलार यादवले भने । प्रचण्ड गर्मी बढ्दै गएपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थितिसमेत पातलिएको छ भने बजारमा चिसो पेय तथा खाद्य पदार्थको बिक्री ह्वात्तै बढेको पाइन्छ ।

यहाँका बासिन्दाले गर्मीयाममा प्रायः काक्रो, तरबूजा, खरबूजा, लस्सी, आइसक्रिम, कुल्फीलगायत चिसो पेय तथा खाद्य वस्तु अधिक सेवन गर्ने गर्दछन । वैशाखको १५ देखि ह्वात्तै बढेको गर्मी र चलेको तातो हावाले सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पतालमा बढ्न थालेको अस्पतालका चिकित्सक बताउँछन् । जिल्लाको भेरी अञ्चल अस्पताल, नेपालगञ्ज तथा कोहलपुर शिक्षण अस्पतालमा दैनिक सरदर ४०÷५० जना विभिन्न सरुवा रोगका बिरामी उपचारार्थ आउने गरेको जनाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ जेठ ९ गते बिहीबार