सफा बन्दै जुगाडखोला



जुम्ला ।

जुम्ला सदरमुकाम खलंगा भएर बग्ने दुर्गन्धित जुगाड खोला सफा भन्दै गएको छ । केहि साता देखी यहाँका युवाहरुले प्रत्येक शनिबार सरसफाई गर्ने गरेका छन् । जुगाड खोला आसपासका व्यक्ति, व्यवसायीहरुले फोहोर फाल्ने गरेका कारण जुगाड खोला दुर्गन्धित बन्दै गएको थियो ।

‘जागौ यूवा कर्णाली नेपाल’ नामक युवाहरुको समुहले विगत चार हप्ता देखी निरन्तर सफाई गरिरहेका छन् । उनीहरुले जुगाड खोला सरसफाई अभियान नै शूरु गरेका हुन् । जुम्लाको पहिचानको रुपमा रहेको जुगाड खोला सफा र सुन्दर बनाउने अभियानमा लागेको यूवा हरिश रोकायाले बताए । ‘यहाँका सरोकारवालाको उदासिनताका कारण खोला दुर्गन्धित बन्दै गएपछि हामी सरसफाई अभियानमा लागेका छौ’ उनले भन,े ‘अभियानलाई आगामी दिनमा समेत निरन्तर अघि बढाईने छ ।’

अर्का अभियानकर्मी शारदा पछाई केहि यूवारुको जमात मिलेर सफाई अभियान थालिएको बताउँछिन् । ‘बारम्बार यस्ता अभियान थालिएको भएपनि यसले निरन्तरता आउन सकेको छैन’ उनले भनिन्, ‘अव हामी भने यसलाई निरन्तरता दिन्छौ, जुगाड खोलालाई सफा र सुन्दर बनाएरै छोड्छौ ।’ प्रत्येक सय मिटर हजारौ टन फोहोर उठाउने गरिएको रोकायाको भनाई छ । सबै जुम्लाबासीलाई यस कार्यमा सहभागि हुने उनले आह्वान पनि गरेका छन् । यस्तै जुम्लाका स्थानीय उमाकान्त अधिकारीले जुम्ली यूवाहरुको जुगाड खोला सफाई अभियान कोशेढुंगा सावित हुने जनाएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ जेठ ८ गते बुधबार