चितुवाको छाला सहित तीन जना पक्राउ



दाङ ।

प्रतिबन्धित ध्वासे चितुवाको छाला सहित दाङमा तीन जना पक्राउ परेका छन् । ५ नम्बर प्रदेश अनुसन्धान समुहको टोलीले स्थानीय प्रहरीको सहयोगमा आइतबार भालुबाङबाट एक थान छालासहित ३ जनालाई पक्राउ गरेको हो ।

अनुसन्धान समुहले भालुबाङ बजारमा हिडिरहेको अवस्थामा चेकजाँच गर्ने क्रममा सेतो प्लास्टिकको बोरा भित्र लुकाइराखेको अवस्थामा ध्वासे चितुवाको सिङ्गो छालानै बरामद गरेको थियो ।

दाङ प्रहरीका अनुसार पक्राउ पर्नेमा राप्ती गाउँपालिका वडा नम्बर १ का २० बर्षिय बिष्णु खनाल, २६ बर्षिय शालिक राम भण्डारी र सोहि वडाकै ३२ बर्षिय दिपक भण्डारी रहेका छन् । प्रतिबन्धित ध्वासे चितुवाको छाला सहित पक्राउ परेका तीनै जनालाई अनुसन्धान समुहले आवश्यक कारबाही तथा अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय भालुबाङ दाङको जिम्मा लगाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ वैशाख ३० गते सोमबार