ब्राउनसुगरसहित दुई पक्राउ



कोहलपुर ।
बाँकेको कोहलपुरबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई युवकलाई पक्राउ गरेको छ । कोहलपुर– १४ मा कोठा भाडामा लिएर बस्दै आएका दुई युवकलाई इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको बिशेष टोलीले तीन सय मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कास्कीको पोखरा नगरपालिका वडा नंं. ९ बस्ने २१ वर्षीय सुनिल कुँवर र बाँके खजुरा गाउँपालिका वडा नं. ५ बस्ने २० वर्षीय नारायण बिक रहेको कोहलपुर प्रहरीले जनाएको छ । बिषेश सूचनाका आधारमा चेकजाँच गर्दा उनीहरुको साथमा ब्राउनसुगर फेला परेको थियो । पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत बाँकेबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ वैशाख १ गते आइतबार