सावधान ! माछा खाँदै हुनुहुन्छ ? लासमा राखिने ‘फर्मलिन’ हालेर भारतबाट नेपालमा माछा



नेपालगञ्ज । भारतम प्रतिबन्धित माछा नेपालमा खुलेआम बिक्री हुने गरेको पाइएको छ । भारतको आन्ध्रप्रदेशमा उत्पादन हुने र विषादीयुक्त रसायनसहित नेपाल आउने माछा नेपालगञ्जका बजारमा छ्याप्तछ्याप्ती भेटिने गरेका हुन् ।

भारतबाट आयात हुने माछा नेपालगञ्ज पुग्न छिटोमा पनि एक साता लाग्छ । कहिलेकाहीँ १० देखि १२ दिन पनि लाग्ने माछा व्यवसायी बताउँछन् । ‘फर्मलिन (लामो समयसम्म नकुहियोस् भनेर प्रयोग गरिने केमिकल) सहितको माछा आन्धप्रदेशबाट ६ दिनभित्र नेपालगञ्ज आउँछ,’ नेपालगञ्जको हिमालय अर्डर एन्ड सप्लार्यसका सञ्चालक अकिल अहमद भन्छन्, ‘एक दिन आइसमा राखेन भने त्यो कुहिन्छ ।’ फर्मलिन लामो समय राख्नुपर्ने लास नकुहियोस् भनेर संसारभरी त्यही प्रयोजनका लागि मात्र प्रयोग गर्नेगरी बनाइएको एक केमिकल हो ।

  • No tags available
प्रकाशित मिति : २०७५ चैत ७ गते बिहीबार