नेपालगन्ज कोहलपुर सडक खण्डको राँझा चोकमा बम फेला



नेपालगन्ज ।

कोहलपुर नेपालगन्ज सडक खण्डको राँझा चोकमा बिहीबार बिहान बम फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार राँझा चोक भन्दा केही माथि बिहान ८ बजेतिर बम फेला परेको हो ।

दुध राख्ने सानो भाँडोमा टेपले बेरेर राखिएको अवस्थामा बम फेला परेको छ । बम निष्क्रीय बनाउनको लागि यतीबेला उक्त स्थानमा नेपाली सेनाको बम डिस्पोज टोलीले पुगिसकेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ फागुन ३० गते बिहीबार