नेपालगन्ज मोडेल फाइनलमा



नेपालगन्ज ।
बाँकेको नेपालगन्जमा जारी प्रथम अन्तर मावि उपमेयर छात्रा क्रिकेट प्रतियोगितामा नेपालगन्ज मोडेल एकेडेमी फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा एकेडेमीले आदर्श माविलाई ५० रनले पराजित गरेको हो ।

खेलमा टस जितेर पहिला व्याटिग गरेको एकेडेमीले १५ ओभरमा १ विकेटको नोक्सानीमा १ सय ४८ रन वनाएको थियो । उसका लागि सुस्मिता बजगाइले ७९, स्वतिका बजगाइले ३६ रनको खेलिन् ।

आदर्शका बलर नितिशा भाटले १ विकेट लिए । जबाफी व्याटिगमा आएको आदर्शले १५ ओभरमा ६ बिकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो । उसका लागि निशा पुन मगरले ४६ रन, प्रशंसा गौतमले १० रन बनाउनु वाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । मोडेलका बलर सुस्मिता बजगाइले २ विकेट लिइन् ।

खेलमा सुस्मिता ओमेन अफ दि म्याच घोषित भइन् । यसैबिच आइतबार नै भएको अर्को खेलमा होलिल्यान्ड मावी सेमिफाइनलमा प्रवेश गरेको
छ । उसले युद्ध मावीलाई ६८ रनले पराजित गरेको थियो ।

अब फाइनल प्रवेशका लागि होलिल्याडले मंगल प्रसाद मावीको सामाना गर्ने प्रतियोगिताका संयोजक मेराज अन्सारीले जानकारी दिए । पहिले व्याटिग गरेको होलिल्याडले १२ ओभरमा ३ विकेटको नोक्सानीमा १ सय १७ रन बनाएको थियो । उसका लागि सुमन योगि र सृष्टि पौडेलले समान ४३ रन बनाए, भने मलिका शर्मा १८ रन बनाइन् । युद्धका बलर सपना रावलले १ बिकेट लिइन् । जबाफी व्याटिगमा आएको युद्धले ४९ रन मात्र बनाउन सक्यो ।

उसका लागि मनिशा गुरुङले १७ रन बनाउनु बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । होलिल्याडका बलर सृष्टि पौडेलले २ तथा मलिका शर्माले १ विकेट लिइन् । खेलमा पौडेल म्यान अफ दि म्याच घोषित भइन् । प्रतियोगितामा प्रथम हुनेलाई ४० हजार र दोश्रो हुनेलाई २० हजार रुपैयाँ लगायतका पुरस्कार दिइने छ ।

प्रतियोगितामा १४ माविका महिला टिम सहभागी रहेको छ । बाँके जिल्ला क्रिकेट संघको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता भइरहेको हो ।

  • No tags available
प्रकाशित मिति : २०७५ फागुन २७ गते सोमबार