निम्वलले मनायो छैठौँ वार्षिकोत्सव



कोहलपुर ।
बाँकेको कोहलपुरमा रहेको निम्बल इंग्लिस मिडियम स्कुलले आफ्नो छैठौँ वार्षिकोत्सव मनाएको छ । शुक्रबार वार्षिकोत्सवको नगर प्रमुख लुट बहादुर रावतले उद्घाटन गरेका थिए ।

कार्यक्रममा बैजनाथ गाउँपालिका वडा नं.४ का अध्यक्ष काली बहादुर सिंह, एन प्याब्सन कोहलपुर नगरकमिटी अध्यक्ष यम रावत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा गत वर्षको वार्षिक परिक्षामा उत्कृष्ठ अङ्क ल्याउन सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिनुका साथै अतिरिक्त क्रियाकलाप, खेलकुदमा उत्कृष्ट स्थान ल्याउने विद्यार्थीहरुलाई पनि प्रमाण पत्रसहित सम्मान गरिएको थियो ।

त्यसका साथै शैक्षिक विकासमा योगदान पु¥याउने विभिन्न व्यक्तित्वहरुलाई समेत कदरपत्र सहित सम्मान गरिएको थियो । विद्यालयका संस्थापक अध्यक्ष निम बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ फागुन २५ गते शनिबार