अभिभावकलाई सम्मान



कोहलपुर ।
बाँकेको कोहलपुर मनकामनामा रहेको पब्लिक लर्डबुद्व एकेडेमीले महिला दिवसको अवसर पारेर महिला अभिभावकहरुलाई सम्मान गरेको छ । शुक्रबार एक कार्यक्रम गरेर विद्यालयले ७० जना महिला अभिभावक र शिक्षिकालाई सम्मान गरेको हो ।

उनीहरुलाई दोसल्ला ओढाए सम्मान गरिएको थियो । सोही अवसरमा विद्यालयको २०७६ को नयाँ कार्ययोजना बारे अभिभावकहरुसँग छलफल समेत गरिएको विद्यालयका प्रअ नरबहादुर डाँगीले जानकारी दिए ।

उनका अनुसार आगामी शैक्षिक सत्रदेखि विद्यालयमा एक जना स्टाफ नर्स राखिने छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष लक्ष्मी सिङ ठकुरी, संस्थापक कुशल अधिकारी, शिक्षक, विद्यार्थी, अभिभावक लगायतको सहभागिता रहेको थियो । महिला अभिभावक बिच घैटो फोर प्रतियोगिता समेत भएको विद्यालयका प्रअ डाँगीले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ फागुन २५ गते शनिबार