अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो



कोहलपुर ।
बाँकेसहित देशभर विभिन्न कार्यक्रम गरेर शुक्रबार १०९ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । ‘लैङ्गिक समानताका लागि समान सोंच र व्यवहार समृद्धिको आधार’ भन्ने मूल नाराका साथ देशभर विभिन्न कार्यक्रमको आयोजना गरेर दिवस मनाइएको थियो ।

बाँकेका सबै स्थानीय तहरुले समेत आफ्नै तरिकाले महिला दिवस मनाएका थिए । कोहलपुर नगरपालिकाले समेत दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेको थियो । दिवसको अवसरमा शुक्रबार चौराहाबाट सुरु भएको प्रभातफेरी नगरका विभिन्न भागको परिक्रमा गरेर पुन चौराहामा पुगेर समापन भएको थियो ।

सहभागीले ‘लैङ्गिक समानताका लागि समान सोंच र व्यवहार समृद्धिको आधार’ लगायतका नारा लेखीएका प्ले कार्डहरु बोकेका थिए । समापन समारोहमा बोल्ने सहभागिहरुले अझैं पनि लैंगिक विभेद रहेको भन्दै यसका विरुद्ध महिला पुरुष एक हुनुपर्ने बताएका थिए । महिलालाई शैक्षिक र आर्थीक पहुँच अभिवृद्धि गर्न सके समान विकास हुने विश्वास उनीहरुले गरे ।

कोहलपुर नगरपालिकाको आयोजनामा दिवसको अवसरमा बिहीबार मैत्रिपुर्ण भलिवल प्रतियोगिता समेत गरिएको थियो । प्रभातफेरीमा नगर प्रमुख लुट बहादुर रावत, उप–प्रमुख सञ्जु कुमारी थारु, कार्यपालिका सदस्य नारायणी ओली, भिम बहादुर नेपाली, वडा अध्यक्ष तथा सदस्यहरु, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ फागुन २५ गते शनिबार