बाँकेः बाँकेको बैजनाथ गाउँपालिका–१ स्थित क्रियटिभ स्कुलर्स एकेडेमीले १२ औं वाषिकोत्सव दिवस मनाएको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयमा विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरणसँगै साँस्कृतिक कार्यक्रम पनि गरेको हो ।
गत वर्षको २०७४ सालमा विद्यालय उत्कृष्ट गोमा थारु, द्धितिय मेनुका खत्री, तृतीय सुदिप चौधरी रहेका छन् भने, उत्ृकष्ट खेलाडीका रुपमा विनय सेर्पा, अनुसाशन छात्रातर्फ निशा मल्ल, छात्रतर्फ युवराज सिंह लगायत रहेका थिए ।
कार्यक्रममा बैजनाथ गाउँपालिका वडा नं. १ का अध्यक्ष रुपबहादुर मल्लले त्रिकोणात्मक सम्बन्ध राम्रो भएमात्र गुणस्तरिय शिक्षा दिनसक्ने बताए । शिक्षक, विद्यार्थी र अभिभावकको सम्बन्ध नै त्रिकोणत्मक जस्तै भयो भने अध्यापनमा सहज हुने उनको भनाइ थियो । त्यस्तै विद्यालयका संस्थापक रुपा रावतले नेपाल सरकारले नीजि विद्यालयलाई हतोत्साहित नगरी उत्साहित रुपमा हेर्नुपर्ने आग्रह गरिन् ।
उनका अनुसार नीजि विद्यालयबाट गुणस्तरिय जनशक्ति उत्पादन हुने भएका कारण नीजि विद्यालयलाई अँझै व्यवसायीक बनाउँदै लैजाउनुपर्दछ । कार्यक्रममा विद्यालय प्रिन्सिपल गगन थापा, बाँके जिल्ला एन प्यावसनका अध्यक्ष श्याम कुवर, सचिव किशोर राज मल्ल, प्याब्सन जिल्ला अध्यक्ष कुश्मराना भाट लगायत अभिभावकहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्