कोहलपुर ।
बाँकेको नेपालगन्ज उप–महानगरपालिका १० गोसाईगाउँबाट प्रहरीले अवैध सालका गोलिया बरामद गरेको छ ।
वडा प्रहरी कार्यालय नेपालगन्जको टोलीले भारततर्फबाट लुकाईछिपाई ल्याउदै गरेको अवस्थामा सालका गोलिया बरामद गरेको हो । बिशेष सुचनाको आधारमा चारवटा साईकलमा ल्याइएका गोलिया बेवारिसे अवस्थामा बरामद गरिएको वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिए ।
बरामद गरिएका चारवटा सालका गोलिया अन्दाजी ३० क्यूफिट जती रहेको उनले बताए । प्रहरीको टोलीलाई देख्नेबित्तिकै साइकल छोडेर तस्करहरु भागेका थिए ।
बरामद गरिएका गोलिया र साइकल आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय बाँकेमा बुझाइएको वडा प्रहरीले जनाएको छ । खुल्ला सिमानाको फाइदा उठाउदै भारतीय जंगलबाट नेपालगन्जमा रहेका काठ मिलमा साल लगायतका काठहरु ल्याइने बताइन्छ ।
प्रकाशित मिति : २०७५ फागुन २१ गते मंगलबार










प्रतिक्रिया दिनुहोस्