क्रिकेटमा सुर्खेतको जीत



सुर्खेत/ कर्णाली प्रदेश स्तरिय खेलकुद छनौट प्रतियोगिता अन्तर्गत क्रिकेटतर्फ सुर्खेतले जीत हासिल हात पारेको छ ।

सोमबार भएको फाइनल खेलमा रुकुम पश्चिमलाई २६ रनले हराउँदै सुर्खेतले जीत हात पारेको हो । टस जितेर पहिले ब्याटिङ गरेको घरेलुटोली सुर्खेत २० ओभरमा ६ विकेटको गुमाएर एकसय ४३ रन बनाएको थियो ।

जबाफमा रुकुमले १६ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर मात्र एकसय १६ रन बनाउन सक्यो । रुकुमका हेमन्त वली २५ बिजय विष्टले १८ रन जोड्रनुभयो भने अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन समेत जोडन सकेनन् । यस्तै आजै भएको भएको अर्को खेलमा दैलेखलाई पराजित गर्दै सल्यान तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।
यस्तै सोमबार नै भएको फुटबलतर्फ कालिकोट र हुम्लाले जित हात पारेका छन् । कालीकोट र रुकुम बिचको खेल निर्धारित समयमा गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा कालिकोटले रुकमपश्चिमलाइ ७¬—६ गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा आफ्नो स्थान पक्का गरेको छ । यस्तैगरी अर्कौ खेलमा हुम्लाले दैलेखलाई ३—१ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रबेश गरेको हो ।

यस्तै एथ्लेटिक्स एकहजार पाँचसय मिटर दौडमा महिलातर्फ जुम्लाका राममाया बुढा प्रथम, सीता न्यौपाने द्वितीय र कालीकोटका ममिता बुढा तृतीय भएका छन् । एथ्लेटिक्स एक हजार ५०० दौडमा पुरुषतर्फ जुम्लाका नरेश बुढा प्रथम, कालीकोटका सन्तोषनाथ योगी द्वितीय र सुर्खेतका सुशील रम्जाली तृतीय भएका छन् ।

प्रदेश खेलकुद परिषद् कर्णाली प्रदेशका प्रचारप्रसार समिति संयोजक अर्जुनजङ्ग शाहीका अनुसार एथ्लेटिक्स एकसय मिटर दौडमा महिलातर्फ सु्र्खेतका सेरना सिरपाली प्रथम, कालीकोटका रसुदा शाही द्वितीय र सल्यानका खिमा आचार्य तृतीय बनेका छन् ।


यस्तै एथ्लेटिक्स एकसय मिटर दौडमा पुरुषतर्फ जाजरकोटका यामसाजन सुनार प्रथम, सल्यानका सुशील केसी द्वितीय र सुर्खेतका पवनकुमार बिसी तृतीय भए । त्यसैगरी, सटफुटमा पुरुषतर्फ सुर्खेतका तिलक विक प्रथम, सुर्खेतकै पदम परियार द्वितीय र रुकुम पश्चिमका हर्क विश्वकर्मा तृतीय बनेका छन् ।

यस्तै सटफुट महिलातर्फ कालीकोटका निरुताकुमारी शाही प्रथम,सुर्खेतका प्रतिमा थापा द्वितीय र कालीकोटका रसुदा शाही तृतीय बन्नु भएको छ। लङजम्प पुरुषतर्फ सल्यानका सुशील केसी प्रथम, जाजरकोटका यामसाजन सुनार द्वितीय र रुकुम पश्चिमका हेमन्त विक तृतीय स्थान हासिल गरेका छन् । लङजम्प महिलातर्फ सुर्खेतका आशा विक प्रथम, हुम्लाका जयलक्ष्मी हमाल द्वितीय र सल्यानका सुशीला राना तृतीय बनेको आयोजकले जनाएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०७५ फागुन १४ गते मंगलबार